१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोरोना उपचारबाट पछि हट्ने सरकारी निर्णय जिल्लामा कार्यान्वयन हुँदै



काठमाडौं । सरकारले कोरोना संक्रमितहरुको उपचार निःशुल्क गर्न नसक्ने निर्णय गरेसँगै तयार गरेको सक्रिय संक्रमित स्वास्थ्यकर्मी, स्वास्थ्य सहयोगी तथा आम नागरिकको उपचारको नयाँ मापदण्ड जिल्लाहरुमा कार्यान्वयन हुन थालेको छ ।

सुरुका दिनहरुमा विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दै चिकित्सक, स्वस्थ्यकर्मी, अग्रभागमा खटिने स्वास्थ्य कर्मचारी तथा सहयोगी र लक्षण सहितका आम नागरिकका लागि तय भएका उपचारको मापदण्ड सरकारले बारम्बार परिवर्तन गरिरहेको छ । पछिल्लो पटक ७७ वटै जिल्लामा नयाँ मापदण्ड कायम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ साता पहिले परिपत्र गरेको थियो ।

७ दिन लगातार कोरोना संक्रमितका उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य कर्मचारी तथा स्वास्थ्य सहयोगीलाई ७ दिन मात्र क्वारेन्टिन पठाउने र त्यहाँ रहँदा लक्षण नदेखिए पुनः ड्युटिमा खटाउने गरिएको थियो । नयाँ मापदण्ड अनुसार अबदेखि ड्युटीमा खटिएको अवस्थामा वा त्यसपछि कोरोनाको चिन्ह नदेखिएमा क्वारेन्टिन बस्न नपठाउने परिपत्र यसअघि नै जारी भएको थियो ।

अब आम नागरिकलाई पनि १० दिन मात्र आइसोलेसन बस्नु पर्ने व्यवस्था कार्यन्वयन हुन थालेको छ । यो नयाँ मापदण्ड आजबाट जिल्लामा कार्यान्वयन हुन थालेको छ ।

अवदेखि चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य कर्मचारी र सहयोगीहरुले कोरोनाको चिन्ह देखिएमात्र क्वारेन्टिन वा आइसोलेसन बस्नु पर्नेछ, अन्यथा उनीहरुले ड्युटीबाट बिश्राम पाउने छैनन् ।

त्यसैगरी आम नागरिकले यस अघि लक्षण देखिएका १४ दिन आइसोलेसनमा बसेर उपचार गर्नु पर्ने र आइसोलेट अवधिमा लक्षण नदेखिएमा ७ दिन थप होम क्वारेन्टिनमा बस्ने गरी डिस्चार्ज पाउने गरेकोमा अबदेखि १० दिनमात्र आइसोलेसनमा बसे पुग्ने व्यवस्था गरिएको छ ।

कोरोना पुष्टि भएर लक्षण देखिएका त्यस्ता नागरिकहरुलाई आइसोलेट अवधिमा लक्षण नदेखिएमा वा पछिल्लो तीन दिन कुनै चिन्ह नभेटिएमा डिस्चार्ज गर्ने नयाँ मापदण्ड जिल्लाहरुमा आजबाट कार्यान्वयनमा आएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ९ : ५७ बजे

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।