७ आश्विन २०८३, बुधबार | September 23, 2026

तरुण दलले आश्रमलाई खाद्यान्न सहयोग गरि स्थापना दिवस मनायो



बुटवल । ६८ औ स्थापना दिवसको पुर्वसन्ध्यामा नेपाल तरुण दल क्षेत्र न २ क्षेत्रिय समिति रुपन्देहीले मानव सेवा आश्रम बुटवललाई खाद्यान्न सहयोग गरेको छ ।

आईतबार एक कार्यक्रमका बिच नेपाली काग्रेस लुम्बिनी प्रदेशका सभासद फखरुद्धिन खानले आश्रमका प्रदेश संयोजक रुपा केसीलाई करीब २५ हजार रुपैया बराबरको खाद्यान्न हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै सभासद खानले तरुण दलमा युवाहरु एकतावद्ध भै नेतृत्व र रचनात्मक काममा अग्रसर हुन सुझाव दिए । प्रदेश सरकारको बालहटका कारण धेरै ठूलो दुर्घटना घटेको र यसको जिम्मा सरकारले लिनुपर्ने उनको दाबी छ । कोभिड १९ को संक्रमणको जोखिमको बेला वर्तमान समयमा स्वस्थ्य उपचार सबैभन्दा जटिल समस्याका रुपमा देखिएको भन्दै उनले सर्वोच्चको निशुल्क सेवन दिनुपर्ने आदेश सरकारले कार्यान्वन गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला उपाध्यक्ष फनिन्द्र शर्माले मानवसेवा सबैभन्दा ठूलो धर्म भएको बताए । नेपाली काग्रेसको भातृ संगठनका रुपमा रहेको तरण दलकै कारण सबल र बलियो बनेको उनको दाबी छ । बेरोजगार युवाहरुलाई उद्यमशिल बनाउने र देशको अर्थतन्त्र उकास्नेतर्फ सरकारलाई दबाब दिने गरि कार्यक्रम गर्नेतर्फ तरुणको अग्रसरता जरुरी रहेको उनले बताए ।

हरेक तरुण राजनीति, ब्यावसाय र सामाजिक कामलाई अनुसरण गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ । क्षेत्र नं २ का सभापति हसन्त लामाले युवाहरुलाई एकतावद्घ गर्दै नेतृत्व विकास र सामाजिक काममा अग्रसर रहेको बताए । हरेक वर्ष कार्तिक १० गते स्थापना दिवसमा आफुहरुले सामाजिक कार्यमा थोरै भएपनि योगदान दिदै आएको उनले बताए ।

कार्यक्रममा नेपाली काग्रेस महासमिति सदस्य दीर्घ बहादुर केसी, नगर सभापति खेलराज पाण्डे, चिरन्जिवी जोशी, नेविसंघ केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, जिल्ला अध्यक्ष सोम गुरुङ, जिल्ला कोषाध्यक्ष बासु बश्याल, तरुण दल बुनपा सभापति सुजन पुनले राजधानी सार्ने विषयमा गरिएको आन्दोलनको क्रममा राजनीतिक मुद्दालाई ब्यक्तिगत रुपमा लगाउने काम भएको भन्दै यसतर्फ पार्टीपंक्तिको ध्यानाकर्षण हुनुपर्ने बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : १० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज