१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

१० बजेर १९ मिनेटको शुभसाइतमा दशैंको टीका जमरा ग्रहण



काठमाडौं । नेपालीहरुको महान् चाड दशैंको मुख्य दिन विजयादशमी । बिहान १० बजेर १९ मिनेटको शुभसाइतमा मान्यजनहरूबाट टीका जमरा ग्रहण गरिएको छ ।

मान्यजनहरूले नवदुर्गाको प्रसादको रुपमा रहेको रातो टीका जमरा लगाइदिएर आशिर्वाद दिएका छन् । रातो टीकालाई शुभसाइतको प्रतिक मानिन्छ भने जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट अभिषेख गरी आज नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ ।

टीकाको साइत विहान १०ः १९ बजे भएपनि कोजाग्रत पूर्णिमासम्म आफु अनुकुलको समयमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कोरोना संक्रमण महामारीका कारण विगत वर्षहरु जस्तो उल्लास नभएपनि भौतिक दुरी कायम गर्दै सर्वसाधारणले दशैंको टीका र जमरा लगाइरहेका छन् ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

बडादशैंको दिन उपत्यकाको सडक भने सुनसान देखिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका विगतका वर्षहरु जस्तो उल्लास भने देखिँदैन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ११ : ३१ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध