४ पुस २०८२, शुक्रबार | December 20, 2025

वीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु



धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकामा ५० वर्षीय पुरुषको सोमबार दिउँसो १२:५५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित पुरुषमा कार्तिक १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका डा.श्रेष्ठले स्वास्थ्य अवस्था गम्भीर बनेर थप उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको जानकारी दिए ।

कोरोना संक्रमण भएपछि पुरुषलाई आठौं दिन कार्तिक ८ गते प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

योसँगै प्रदेशमा हालसम्म ५२ महिला र १ सय २० जना पुरुष गरि कुल १ सय ७२ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ८ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको