१० श्रावण २०८३, आइतबार | July 26, 2026

वीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु



धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकामा ५० वर्षीय पुरुषको सोमबार दिउँसो १२:५५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित पुरुषमा कार्तिक १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका डा.श्रेष्ठले स्वास्थ्य अवस्था गम्भीर बनेर थप उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको जानकारी दिए ।

कोरोना संक्रमण भएपछि पुरुषलाई आठौं दिन कार्तिक ८ गते प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

योसँगै प्रदेशमा हालसम्म ५२ महिला र १ सय २० जना पुरुष गरि कुल १ सय ७२ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ८ : ०८ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस