२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

कोरोना संक्रमणबाट धरानमा ९ वर्षीया बालिका र एक महिलाको मृत्यु



धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका-१ की महिला र इटहरी उपमहानगरपालिका-६ की ९ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

धरानकी ६१ वर्षीय महिलाको उपचारका क्रममा बुधबार बिहान ३ बजेर १५ मिनेटमा कोभिड-१९ अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

श्वासप्रश्वास सम्बन्धी समस्या र उच्च रक्तचापबाट पीडित महिलामा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै उनलाई कार्तिक ५ गते थप उपचारका लागि प्रतिष्ठानकै कोभिड-१९ अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसैगरि, इटहरी-६ की ९ वर्षीया बालिकाको उपचारकै क्रममा बुधबार बिहान ३ बजेर २५ मिनेटमा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

बालिकामा कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै प्रतिष्ठानमा उपचारका क्रममा ८७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १२ : ५२ बजे

जेनजी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

बागमती । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका