१५ असार २०८३, सोमबार | June 29, 2026

नेकपाको चियापान कार्यक्रम स्थगित



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले दशैं तिहार, नेपालसम्वत्, छठ पर्वको अवसरमा आयोजना गर्दै आएको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम स्थगित गरेको छ ।

नेकपा केन्द्रीय कार्यालयका कार्यालय सचिवद्वय श्रीराम ढकाल र इश्वरी रिजालले मंगलबार विज्ञप्ति जारी गर्दै यसवर्ष शुभकामना र चियापान कार्यक्र स्थगित गरिएको जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण निरन्तर फैलिँदो क्रममा रहेका कारण र सरकारले समेत भीडभाड नगर्न भएका कारण चियापान कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ ।

नेकपाले भनेको छ, ‘हाम्रो पार्टीले नेपालीहरूका यी चाडपर्व (बडादसैं तिहार, नेपाल सम्वत्, छठ लगायत) हरूका अवसरमा विगत वर्षहरूमा आयोजना गर्दै आइरहेको शुभकामना आदान(प्रदान तथा चियापान कार्यक्रम कोभिड–१९ महामारीका कारण यसवर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

हरेक वर्ष दशैं पछाडि नेकपाले चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि चियापान र शुभकामना आदनप्रदान कार्यक्रम स्थगित गरिसकेको छ । काँग्रेसले कोजाग्रत पुर्णीमाका दिन चियापान कार्यक्रम गर्दै आएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चाडपर्वका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम यसअघि नै स्थगित गरिसकेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  २ : १० बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै