३० माघ २०८१, बुधबार | February 12, 2025

रौतहटमा कोरोना संक्रमित एक महिलाको निधन



रौतहट । कोरोना भाइरस संक्रमणका कारण रौतहटमा थप एक जनाको ज्यान गएको छ ।

चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो ।

नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा आज बिहीबार चन्द्रपुर –५ चाँदी नदी किनारमा शव व्यवस्थापन गरिएको छ ।

यससँगै जिल्लामा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

मिर्गौला रोगी महिलालाई उपचारका लागि यही कात्तिक ६ गते चितवन अस्पताल लगिएकामा स्वाब संकलनपछि बुधबार दिउँसो मृत्यु भएको थियो ।

पीसीआर रिपोर्ट भने राति मात्र आएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  १२ : ०१ बजे

ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर

जनयुद्ध दिवसमा खजुरा गाउँपालिकाले दियो सार्वजनिक बिदा

खजुरा । तत्कालिन माओवादीले थालेको जनयुद्ध दिवसको दिन पारेर बाँकेको

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ।

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको