२४ मंसिर २०८२, बुधबार | December 10, 2025

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २१ गते



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

कात्तिक २१ गते बस्ने गरी कार्यसमिति बैठक बोलाइएको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ ।

कोरोना भाइरसको महामारी बढेका कारण काँग्रेसले गत असोज १९ गतेका लागि बोलाएको बैठक स्थगित गरेको थियो । बैठकको पूर्वसन्ध्यामा गरिएको पीसीआर परीक्षणमा पार्टीका कतिपय केन्द्रीय नेतालार्ई कोरोना संक्रमण पुष्टि भएपछि सो बैठक स्थगित भएको थियो ।

बैठकमा १४ औं महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ । काँग्रेसभित्र सभापति शेरबहादुर देउवाले मनमौजी गरेको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले लगाउँदै आएको छ ।

प्रमुखप्रतिपक्षी दल काँग्रेसले बैठक बोलाएको एक दिन अघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भने केन्द्रीय कमिटी बैठक पुनः स्थगित गरेको जनाएको थियो ।

पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पुनः विवाद बल्झिएकै अवस्थामा केन्द्रीय कमिटी बैठक स्थगित गरिएको हो । नेकपाले बैठक स्थगित गर्नाको कारण पुनः कोरोना भाइरसको संक्रमणलाई नै देखाएको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  १ : ४१ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल