१४ असार २०८३, आइतबार | June 28, 2026

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २१ गते



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

कात्तिक २१ गते बस्ने गरी कार्यसमिति बैठक बोलाइएको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ ।

कोरोना भाइरसको महामारी बढेका कारण काँग्रेसले गत असोज १९ गतेका लागि बोलाएको बैठक स्थगित गरेको थियो । बैठकको पूर्वसन्ध्यामा गरिएको पीसीआर परीक्षणमा पार्टीका कतिपय केन्द्रीय नेतालार्ई कोरोना संक्रमण पुष्टि भएपछि सो बैठक स्थगित भएको थियो ।

बैठकमा १४ औं महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ । काँग्रेसभित्र सभापति शेरबहादुर देउवाले मनमौजी गरेको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले लगाउँदै आएको छ ।

प्रमुखप्रतिपक्षी दल काँग्रेसले बैठक बोलाएको एक दिन अघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भने केन्द्रीय कमिटी बैठक पुनः स्थगित गरेको जनाएको थियो ।

पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पुनः विवाद बल्झिएकै अवस्थामा केन्द्रीय कमिटी बैठक स्थगित गरिएको हो । नेकपाले बैठक स्थगित गर्नाको कारण पुनः कोरोना भाइरसको संक्रमणलाई नै देखाएको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  १ : ४१ बजे

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)

प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

वामपन्थी सहकार्य अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल