१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

देशभर मृतकको संख्या २५ पुग्यो; काठमाडौंका मात्रै ७ जना, विराटनगरमा ५ को मृत्यु



काठमाडौं। देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंमा मात्रै ७ जना रहेका छन् । यसैगरी भक्तपुर , काभ्रे र मोरङका २/२ जनाको मृत्यु भएको छ ।

झापा, सुनसरी, चितवन, दोलखा, सिराहा, सप्तरी, नवलपुर, कास्की, पर्वत, बाग्लुङ, दाङ र कैलालीका १/१ जनाको मृत्यु भएको विभिन्न प्रदेशका सामाजिक मन्त्रालयहरूले जनाएका छन् ।

विराटनगरमा मात्रै पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा एक दिनमा यति धेरै मत्यु पहिलो पटक हो ।

विराट नर्सिङहोममा उपचाररत दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका– १२ की ७५ वर्षीया महिला रहेकी छन् । अर्का मृतक सप्तरीको मौली– ५ का ६० वर्षीय पुरुष हुन् ।

यस्तै, न्युरो अस्पतालमा दुई जनाको ज्यान गएको छ । विराटनगर महानगरपालिका– ७ की ४५ वर्षीया महिला र विराटनगर ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा झापा सुरूङ्गाका एकजना पुरूषको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार अपरान्ह १७ जनाको मृत्यु भएको तथ्याङ्क अपडेट गरेको थियो । साँझ सम्म यो संख्या बढेर २५ पुगेको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ८ : २३ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से