४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

देशभर मृतकको संख्या २५ पुग्यो; काठमाडौंका मात्रै ७ जना, विराटनगरमा ५ को मृत्यु



काठमाडौं। देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंमा मात्रै ७ जना रहेका छन् । यसैगरी भक्तपुर , काभ्रे र मोरङका २/२ जनाको मृत्यु भएको छ ।

झापा, सुनसरी, चितवन, दोलखा, सिराहा, सप्तरी, नवलपुर, कास्की, पर्वत, बाग्लुङ, दाङ र कैलालीका १/१ जनाको मृत्यु भएको विभिन्न प्रदेशका सामाजिक मन्त्रालयहरूले जनाएका छन् ।

विराटनगरमा मात्रै पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा एक दिनमा यति धेरै मत्यु पहिलो पटक हो ।

विराट नर्सिङहोममा उपचाररत दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका– १२ की ७५ वर्षीया महिला रहेकी छन् । अर्का मृतक सप्तरीको मौली– ५ का ६० वर्षीय पुरुष हुन् ।

यस्तै, न्युरो अस्पतालमा दुई जनाको ज्यान गएको छ । विराटनगर महानगरपालिका– ७ की ४५ वर्षीया महिला र विराटनगर ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा झापा सुरूङ्गाका एकजना पुरूषको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार अपरान्ह १७ जनाको मृत्यु भएको तथ्याङ्क अपडेट गरेको थियो । साँझ सम्म यो संख्या बढेर २५ पुगेको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ८ : २३ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म