१० बैशाख २०८२, बुधबार | April 24, 2025

अधिकमासले तिहार धकेलिँदा फूलको बजार प्रभावित



काठमाडौं ।  यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ । तर यसवर्ष तिहार अगाडि नै सयपत्री फूल फुलिसक्ने भएकाले माग अनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुने देखिएको छ ।

त्यसैले यसपटक तिहारमा फूलको बजार प्रभावित हुने अनुमान गरिएको छ । किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समय भन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आंकलन गरिएको हो । तर पुष्प व्यवसायीहरु भने क्यालेण्डरको आधारमा फूल खेती गरिएकाले नेपाली उत्पादनले नै यसवर्षको मागलाई सहजै धान्ने बताएका छन् ।

फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले अधिकमासका कारण यसपटकको तिहार २०÷२२ दिन पछाडि धकेलिएपनि फूलको बजारलाई कुनै असर नपर्ने बताउँछन् । घरेलु किसानले उत्पादन गरेको फूल तिहार अगाडि नै सुकेर जाने भएपनि व्यवसायिक रुपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकोले तिहारको मागलाई सजिलै धान्ने श्रेष्ठले बताए ।

गतवर्षको तिहारमा २५ लाख माला खपत भएको थियो । जसमध्ये मखमली माला ५ लाख र सयपत्री माला २० लाख रहेको थियो । यस वर्ष भने कोभिड संक्रमणको जोखिमका कारण फूलको माग कम हुने आंकलन गरिएको पनि अध्यक्ष कसजुले बताए । यसवर्ष १२ देखि १५ लाख मालाको माग हुने अनुमान गरिएको र सबै मालाको आपूर्ति स्वदेशी उत्पादनबाट हुने उनको भनाइ छ ।

यसवर्ष फूलको मूल्य केही महँगो पर्ने भएको छ । अध्यक्ष कसजुका अनुसार सयपत्री फूलको एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँ सम्म पर्न सक्छ । गत वर्ष सयपत्री फूलको एउटा मालाको मूल्य ५० देखि ६० रुपैयाँ परेको थियो ।

पुष्प व्यवसायी श्यामसुन्दर प्रजापतिले भने तिहारका लागि लगाइएको सयपत्री फूल फूलिसकेको बताए । केही फूल तिहार सम्म काम नलाग्ने गरी सुकिसकेको पनि प्रजापतिले जनाए । चिसो बढ्दै जाँदा फूल झाँगिन नसक्ने र फुलेको फूल समेत सुक्ने भएकाले तिहार सम्म सयपत्री फूललाई जोगाइराख्न समस्या पर्ने उनी बताउँछन् ।

तिहार पछाडि भएपनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्ने भएकाले बाहिरी मुलुकबाट पूmल आयात गर्न नहुने व्यवसायीहरुको भनाइ छ । अन्य मुलुकबाट नआउँदा आन्तरिक फूलको मूल्य बढ्छ भन्ने बुझाईले गर्दा आत्मनिर्भर भइसकेको अवस्थामा पनि फूल आयात हुने गरेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

गतवर्षको तिहारमा करिब १० लाख फूलका माला भारतबाट आयात भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ३ : ४२ बजे

लुम्बिनी कप महिला फुटबल : एपीएफ क्लब फाइनलमा प्रवेश

नेपालगन्ज । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब लुम्बिनी कप

सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनामाथि तीन दिन म्याद थप

काठमाडौँ । काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शन, तोडफोड, आगजनीलगायत घटनामा संलग्न

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य सेवाबारे छलफल

बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाव

मन्त्रिपरिषद हेरफेर, शिक्षा मन्त्री रघुजी पन्त, उर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले