४ पुस २०८२, शुक्रबार | December 20, 2025

संक्रमितको शव व्यवस्थापन विवाद, स्थानीयको बिरोध पछि कब्रस्थान सिल गरियो



धनगढी । कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थानमा स्थानीयबासीले बिरोध जनाए पछि धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सिल गरिएको छ ।

बिहीबार मृत्यु भएकी एकजना कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले धार्मिक परम्परा अनुसार कब्रस्तानमा गाडेपनि कोरोना संक्रमतिको शव मानव वस्ती नजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरे पछि कब्रस्तान क्षेत्रलाई सिल गरिएको हो ।

शव गाडिए लगत्तै मानव वस्ती सँगै जोडिएको कब्रस्तानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । स्थानीयले कब्रस्तानमा ताला समेत लगाएका छन् । कब्रस्तानमा सिल गरिएपछि दुवै मिर्गौलाले काम गर्न छाडेपछि शुक्रवार बिहान मृत्यु भएको धनगढी उपमहानगरपालिका–१, का ५० वर्षीय मोहम्मद जमसेदको शव व्यवस्थापनमा समस्या भएको छ ।

आन्दोलनरत पक्षले मानव बस्तीको बीचमा रहेको कब्रस्तान सधैका लागी बन्दहुनुपर्ने माग गरेका छन् ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएकी कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रस्तानमा गाडेका थिए । कब्रस्तानमा गाडिएको शव निकालेर अन्यत्रै व्यवस्थापन गर्न आन्दोलनरत स्थानीयबासीको माग छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ८ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको