३ चैत्र २०८२, मंगलबार | March 17, 2026

लुम्बिनी प्रदेशको रुपन्देही र बाँकेमा शुक्रबार पनि थपिए ८० र ३३ नयाँ कोरोना संक्रमित



बुटवल । शुक्रबार पनि लुम्बिनी प्रदेशको ठुलो जन घनत्व रहेको जिल्ला रुपन्देही र बाँकेमा कोरोना संक्रमित थपिने क्रमले निरन्तरता पाएको छ । शुक्रबार रुपन्देहीमा ८० जना नयाँ कोरोना संक्रमित थपिंदा बाँकेमा ३३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा रुपन्देहीका महिला र पुरुषले कोरोना संक्रमणमा प्रतिस्पर्धा गरेको पाईएको छ । हरेकदिन पुरुषको तुलनामा महिलामा कम संक्रमण पुष्टि हुने गरेकोमा शुत्रबार भने बराबरको संख्यामा महिला र पुरुष जिल्लामा नयाँ कोरोना संक्रमितकारुपमा थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ४० महिला र ४० पुरुष गरि ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरमा २५ जना, सिद्धार्थनगरमा २० जना, तिलोत्तमामा १६ जना, सैनामैनामा १२ जना, देवदह र कन्चनमा २।२ जना तथा रोहिणी, सम्मरीमाई र ओमसतियामा १।१ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज थपिएसंगै रुपन्देहीमा कुल संक्रमितको संख्या ६१०३ पुगेको छ । जिल्लामा ७३ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

उता शुक्रबार बाँकेका थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शुक्रबार बाँकेका विभिन्न स्थानका १४ महिला र १९ पुरुष गरी ३३ जनामा कोरोना संक्रमण देखिएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा १७ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा १२ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ४ गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको फोकलपर्शन श्रेष्ठले जानकारी दिए ।

आज थपिएसँगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ११० पुगेको छ ।

संक्रमितमध्ये ३० जनाको ज्यान गइसकेको छ भने, २ हजार ७८६ जना निको भएर डिस्चार्ज भइसकेका छन ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १० : १६ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन