१८ जेष्ठ २०८३, सोमबार | June 2, 2026

कोभिडको कारण देखा परेको अर्थतन्त्रको संकुचनलाई पुरानै लयमा फर्काउनु आफ्नो पहिलो प्राथमिकता हुनेछ : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरुसँग शनिबार सिंहदरबारमा भएको भेटघाटमा बोल्दै अर्थमन्त्री पौडेलले कोभिड १९ संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको बताए।

उनले उत्पादन र रोजगारीमा परेको असरले देशको अर्थतन्त्रमा गम्भिर संकुचन देखा परेको बताउंदै कोभिडको कारण देखा परेको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण भएपनि आफुले अधिकतम प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

स्वास्थ्य सुरक्षाका मापदण्डलाई अपनाएर आर्थिक क्रियाकलापलाई अगाडी बढाई समग्र आर्थिक जीवनलाई गतिशिल बनाउन सरकार प्रतिवद्ध रहेको उनले स्पष्ट पारे ।

उनले स्वास्थ्य सजगता अपनाउँदै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सबैले योगदान गर्नुपर्नेमा अर्थमन्त्री पौडेलले जोड दिए ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ११ : ०१ बजे

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद