१८ माघ २०८२, आइतबार | February 1, 2026

गण्डकी प्रदेशमा ४ सय २३ जना संक्रमित थपिए, दुईजनाको मृत्यु



पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ४२३ कोरोना सङ्क्रमित थपिएका छन् । यो अवधिमा थप दुई जनाको मृत्यु भएको छ ।

नयाँ संक्रमितसँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ७४० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार पोखरा महानगरपालिका वडा नं १७ निवासी ६० वर्षीय कोरोना सङ्क्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा आज बिहान ११. ५५ बजे उपचारका क्रममा निधन भएको हो ।

त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत कास्की, अन्नपूर्ण गाउँपालिका वडा नं ३ निवासी ४७ वर्षीय पुरुषको शनिबार राति निधन भएको उनले बताए ।

यससँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ०० बजे

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका