४ असार २०८३, बिहिबार | June 18, 2026

कोरोना बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन बिमा समितिको निर्देशन



काठमाडौं । बिमा समितिले कोरोना बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन सबै बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

कोरोना निको भइसक्दा पनि बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपछि समितिले यस्तो निर्देशन दिएको हो ।

मंगलबार अर्थमन्त्रीको संयोजकत्वमा बसेको बैठकले समन्वय र अनुगमन बिमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ ।

यस्तै कोरोना बिमाका विषयमा अर्थमन्त्रालयमा छलफल समेत भएको थियो । अर्थमन्त्री विष्णु पौडेलले जतिसक्दो चाडो भुक्तानी हुने व्यवस्था मिलाउन बिमा समितिका अध्यक्षलाई निर्देशन दिएका छन् ।

यस्तै सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधान गर्न हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बिमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ ।

बैठकमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङाना, राजश्व सचिव रामशरण पुडासैनी, बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : ४० बजे

इन्जुरी समयमा यिरेन्कीको निर्णायक गोल, पानामामाथि घानाको संघर्षपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही स्थानमा तातो दिन रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

मुग्लिन । नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

धरान । साँझ पर्न थालेको छ । सवारीहरु भेडेटार चोकमा

ह्यारी केन चम्किए, क्रोएसियामाथि ४-२ को जितसँगै इङ्गल्यान्डको विजयी सुरुवात

काठमाडौं । कप्तान ह्यारी केनको दुई गोल प्रेरित प्रदर्शनमा इङ्गल्यान्डले