१५ माघ २०८२, बिहिबार | January 29, 2026

कोरोना बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन बिमा समितिको निर्देशन



काठमाडौं । बिमा समितिले कोरोना बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन सबै बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

कोरोना निको भइसक्दा पनि बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपछि समितिले यस्तो निर्देशन दिएको हो ।

मंगलबार अर्थमन्त्रीको संयोजकत्वमा बसेको बैठकले समन्वय र अनुगमन बिमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ ।

यस्तै कोरोना बिमाका विषयमा अर्थमन्त्रालयमा छलफल समेत भएको थियो । अर्थमन्त्री विष्णु पौडेलले जतिसक्दो चाडो भुक्तानी हुने व्यवस्था मिलाउन बिमा समितिका अध्यक्षलाई निर्देशन दिएका छन् ।

यस्तै सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधान गर्न हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बिमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ ।

बैठकमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङाना, राजश्व सचिव रामशरण पुडासैनी, बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : ४० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला