२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

कोरोना संक्रमणबाट धरानमा ९ वर्षीया बालिका र एक महिलाको मृत्यु



धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका-१ की महिला र इटहरी उपमहानगरपालिका-६ की ९ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

धरानकी ६१ वर्षीय महिलाको उपचारका क्रममा बुधबार बिहान ३ बजेर १५ मिनेटमा कोभिड-१९ अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

श्वासप्रश्वास सम्बन्धी समस्या र उच्च रक्तचापबाट पीडित महिलामा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै उनलाई कार्तिक ५ गते थप उपचारका लागि प्रतिष्ठानकै कोभिड-१९ अस्पतालमा भर्ना गरिएको थियो ।

त्यसैगरि, इटहरी-६ की ९ वर्षीया बालिकाको उपचारकै क्रममा बुधबार बिहान ३ बजेर २५ मिनेटमा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

बालिकामा कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै प्रतिष्ठानमा उपचारका क्रममा ८७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १२ : ५२ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात