२० मंसिर २०८२, शनिबार | December 6, 2025

कुमारी बैंक र पवन मिठाई भण्डारवीच सम्झौता, ग्राहकलाई छुटैछुट



काठमाडौं । कुमारी बैंक लिमिटेड र बुटवलस्थित पेडा तथा मिठाईहरुका लागी प्रसिद्ध पवन मिठाई भण्डारसँग सम्झौता भएको छ । उक्त सम्झौता पश्चात कुमारी बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरुले पवन मिस्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायात अन्य खाद्यवस्तुहरुमा ५५ छुट प्राप्त गर्न सक्नेछन् ।

मिठाई र व्यञ्जनहरु हाम्रा चाडपर्व तथा उत्सवहरुको एक अभिन्न अंग रहँदै आएका छन् ।

यसै बीच नेपालीहरुको महान उत्सव दीपावली नजिकिँदै गर्दा, आफ्ना ग्राहकवर्गले गुणस्तरीय व्यञ्जन लगायत मिठाईहरुमा आकर्षक छुट प्राप्त गरी उक्त महोत्सव आफ्ना परिवारजनसँग हर्षोल्लासका साथ मनाउन सकुन भन्ने अभिप्रायले उक्त सम्झौता गरिएको बैंकका पधाधिकारीले जानकारी दिएका छन् ।

सो सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिठाई भण्डारका प्रोप्राइटर पवनकुमार हलवाईले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ४ : ३० बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय