३ बैशाख २०८३, बिहिबार | April 16, 2026

भाइमसलाको व्यापार घट्यो



काठमाडौं । तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य यो वर्ष २० प्रतिशतले कम भएको छ ।

भाईमसलाको मूल्य घटेपनि कोभिड—१९ को जोखिमका कारण व्यापार भने आधा भन्दा बढीले घटेको छ । चाड तिहारको पाँचौँ दिनमा पर्ने भाइटीकामा हिन्दु परम्पराअनुसार भाइमसला अनिवार्य हुन्छ ।

भाइ मसलामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेल लगायत पर्छन् । यी मसलाहरुको गुणस्तर अनुसार फरक भएपनि विगत वर्षहरु भन्दा कम रहेको असन क्षेत्रमा व्यापार गर्दै आएका संजयदत्त तुलाधरले बताउँछन् । मूल्य कम भएपनि ग्राहक न्यून संख्यामा मात्रै आउने गरेको तुलाधरले बताए ।

बजारमा पसलहरु अनुसार मूल्य भने फरक छ । होलसेल पसलबाट खुद्रा व्यापारीहरुलाई समान प्रकारले छुट सुविधा भएपनि खुद्रा पसलहरुमा मूल्य फरक पाइएको हो । सामानको गुणस्तर अनुसार मूल्य फरक भएको व्यवसायीहरु बताउँछन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि भाइमसलाको मूल्य कम भएको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताए । विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको उनको भनाइ छ ।

यो वर्ष बजारमा काजु प्रतिकेजी १ सय रुपैयाँदेखि २ सय रुपैयाँसम्मले घटेको छ । किसमिस सय रुपैयाँसम्म, पेस्ता, नरिवल ५० रुपैयाँले घटेको छ । यसैगरी छोकडा प्रतिकेजी २० रुपैयाँ र सुकुमेल केजीमा ५ सय रुपैयाँसम्मले घटेको खुद्रा व्यापार संघले जनाएको छ ।

होटल, रेस्टुरेण्ट, मिठाइ पसलहरुमा मसला विक्रि हुने गरेको भएपनि कोभिड—१९ का कारण होटल व्यवसाय नै कमजोर बनेकाले मसलाको व्यापार पनि खस्केको हो ।

व्यापारीहरुले धरै समयसम्म गोदममै सामान राख्दा विग्रिने डरले पनि यो वर्ष सस्तोमा दिन थालेका हुन् । अहिलेपनि कोभिड —१९ को जोखिम कायमै रहेको छ । सरकारले चाडपर्वहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ४ : ४६ बजे

कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज

के ‘एआई’ले जागिर खाइदिन्छ ?

काठमाडौँ । काकरभिट्टादेखि क्यालिफोर्नियासम्म एउटै प्रश्न छ के आर्टिफिशल इन्टेलिजन्स

स्याउका बोट सेताम्मे

मुस्ताङ । मुस्ताङको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको

बाँकेमा व्यावसायिक बसन्ते मकैखेती

नेपालगन्ज । नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाडौं । बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार