२४ बैशाख २०८१, सोमबार | May 6, 2024

भाइमसलाको व्यापार घट्यो



काठमाडौं । तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य यो वर्ष २० प्रतिशतले कम भएको छ ।

भाईमसलाको मूल्य घटेपनि कोभिड—१९ को जोखिमका कारण व्यापार भने आधा भन्दा बढीले घटेको छ । चाड तिहारको पाँचौँ दिनमा पर्ने भाइटीकामा हिन्दु परम्पराअनुसार भाइमसला अनिवार्य हुन्छ ।

भाइ मसलामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेल लगायत पर्छन् । यी मसलाहरुको गुणस्तर अनुसार फरक भएपनि विगत वर्षहरु भन्दा कम रहेको असन क्षेत्रमा व्यापार गर्दै आएका संजयदत्त तुलाधरले बताउँछन् । मूल्य कम भएपनि ग्राहक न्यून संख्यामा मात्रै आउने गरेको तुलाधरले बताए ।

बजारमा पसलहरु अनुसार मूल्य भने फरक छ । होलसेल पसलबाट खुद्रा व्यापारीहरुलाई समान प्रकारले छुट सुविधा भएपनि खुद्रा पसलहरुमा मूल्य फरक पाइएको हो । सामानको गुणस्तर अनुसार मूल्य फरक भएको व्यवसायीहरु बताउँछन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि भाइमसलाको मूल्य कम भएको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताए । विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको उनको भनाइ छ ।

यो वर्ष बजारमा काजु प्रतिकेजी १ सय रुपैयाँदेखि २ सय रुपैयाँसम्मले घटेको छ । किसमिस सय रुपैयाँसम्म, पेस्ता, नरिवल ५० रुपैयाँले घटेको छ । यसैगरी छोकडा प्रतिकेजी २० रुपैयाँ र सुकुमेल केजीमा ५ सय रुपैयाँसम्मले घटेको खुद्रा व्यापार संघले जनाएको छ ।

होटल, रेस्टुरेण्ट, मिठाइ पसलहरुमा मसला विक्रि हुने गरेको भएपनि कोभिड—१९ का कारण होटल व्यवसाय नै कमजोर बनेकाले मसलाको व्यापार पनि खस्केको हो ।

व्यापारीहरुले धरै समयसम्म गोदममै सामान राख्दा विग्रिने डरले पनि यो वर्ष सस्तोमा दिन थालेका हुन् । अहिलेपनि कोभिड —१९ को जोखिम कायमै रहेको छ । सरकारले चाडपर्वहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ४ : ४६ बजे

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’