६ श्रावण २०८३, बुधबार | July 22, 2026

रिपब्लिकनको पकड राज्य पेन्सिलभेनिया र जर्जियामा बाइडेनको अग्रता भोटको अन्तर बढ्यो, राष्ट्रपतिमा बाइडेनले जित्ने संकेत



न्यूयोर्क । डेमोक्रेटिक राष्ट्रपति उम्मेदबार जो बाइडेनले ब्याटलग्राउण्ड राज्य पेन्सिलभेनिया र जर्जियामा अग्रता लिएसँगै  जीतको नजिक पुगेका छन ।

दुईमध्ये एउटा मात्र राज्य जितेपनि बाइडेन ह्वाइटहाउस प्रवेश गर्नेछन् । तर यी दुबै राज्यमा मतगणना कायम रहेकाले र अन्तर झिनोमात्र रहेकाले विजेता घोषणा हुन भने केही समय लाग्ने भएको छ ।

पेन्सिलभेनियामा हिजोसम्म डोनाल्ड ट्रम्पको अग्रता थियो तर आज बाइडेनले अग्रता कायम गरेका हुन् । पेन्सिलभेनियामा बाइडेनले ५ हजार ६ सय ६ मतले अग्रता कायम गरेका छन् ।

त्यस्तै जर्जियामा पनि बाइडेन डोनाल्ड ट्रम्पलाई उछिन्दै अगाडि गएका छन् । जर्जियामा १०९७ मतले बाइडेन अगाडि रहेका छन् । १६ इलेक्टोरल मत रहेको जर्जिया रिपब्लिकनको पकड राज्य थियो । राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएपनि तर यसपटक जर्जिया ब्याटलग्राउण्ड राज्य भएको छ ।

सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

त्यस्तै ट्रम्पले राष्ट्रपति चुनाव जित्नका लागि नेभाडासहित पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जिया समेत जित्नुपर्छ । अलास्कामा भने रिपब्लिकनको पकड भएकाले ट्रम्पले जित्नेछन् । तर नेभाडा भने डेमोक्रेटिकको पकड राज्य हो ।

नर्थ क्यारोलिना र नेभाडाको अन्तिम चुनावी परिणाम आउन लामो समय लाग्ने अनुमान गरिएको छ । त्यसैले अहिले सबैको ध्यान जर्जिया र पेन्सिलभेनियातिर रहेको छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : ४८ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज