२० मंसिर २०८२, शनिबार | December 6, 2025

रिपब्लिकनको पकड राज्य पेन्सिलभेनिया र जर्जियामा बाइडेनको अग्रता भोटको अन्तर बढ्यो, राष्ट्रपतिमा बाइडेनले जित्ने संकेत



न्यूयोर्क । डेमोक्रेटिक राष्ट्रपति उम्मेदबार जो बाइडेनले ब्याटलग्राउण्ड राज्य पेन्सिलभेनिया र जर्जियामा अग्रता लिएसँगै  जीतको नजिक पुगेका छन ।

दुईमध्ये एउटा मात्र राज्य जितेपनि बाइडेन ह्वाइटहाउस प्रवेश गर्नेछन् । तर यी दुबै राज्यमा मतगणना कायम रहेकाले र अन्तर झिनोमात्र रहेकाले विजेता घोषणा हुन भने केही समय लाग्ने भएको छ ।

पेन्सिलभेनियामा हिजोसम्म डोनाल्ड ट्रम्पको अग्रता थियो तर आज बाइडेनले अग्रता कायम गरेका हुन् । पेन्सिलभेनियामा बाइडेनले ५ हजार ६ सय ६ मतले अग्रता कायम गरेका छन् ।

त्यस्तै जर्जियामा पनि बाइडेन डोनाल्ड ट्रम्पलाई उछिन्दै अगाडि गएका छन् । जर्जियामा १०९७ मतले बाइडेन अगाडि रहेका छन् । १६ इलेक्टोरल मत रहेको जर्जिया रिपब्लिकनको पकड राज्य थियो । राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएपनि तर यसपटक जर्जिया ब्याटलग्राउण्ड राज्य भएको छ ।

सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

त्यस्तै ट्रम्पले राष्ट्रपति चुनाव जित्नका लागि नेभाडासहित पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जिया समेत जित्नुपर्छ । अलास्कामा भने रिपब्लिकनको पकड भएकाले ट्रम्पले जित्नेछन् । तर नेभाडा भने डेमोक्रेटिकको पकड राज्य हो ।

नर्थ क्यारोलिना र नेभाडाको अन्तिम चुनावी परिणाम आउन लामो समय लाग्ने अनुमान गरिएको छ । त्यसैले अहिले सबैको ध्यान जर्जिया र पेन्सिलभेनियातिर रहेको छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : ४८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय