१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

महामारीमा जुर्मुराउँदै पर्वतारोहण



काठमाडौं । कोभिडि-१९ महामारीले शिथिल पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो पर्वतारोहण महामारीबीच जुर्मुराउँदैछ । विदेशी विशिष्ठ पाहुना आरोहीको सुखद् आरोहणले नेपालको पर्यटन बजारमा सकारात्मक सञ्चार छाएको छ ।

अहिले हिमाल आरोहणले पर्यटन क्षेत्र चलायमान भएर पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रभाव भएको छ । कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्ला ६ हजार ८१४ मिटर अमादब्लम हिमाल आरोहण गर्न १४ सदस्यीय टोलीसहित आमादब्लम आधार शिविर पुगेका छन् । टोलीमा ६ आरोही छन् ।

यस्तै ६ जना समूहको एक नेपाली टोलीले बरुत्से हिमाल आरोहण गरेको छ । ६ हजार १५१ मीटरको ग्लाल्जेन पीक र सात हजार १२६ मिटर उचाइको हिमलुङ हिमाल आरोहण गर्न दुई समूहले अनुमति लिएका छन् ।

यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किसकेको छ । विभागको पछिल्लो विवरणअनुसार शरद यामको आरोहण गर्न सात आरोही दललाई अनुमति दिइएको छ ।

आरोहणबाट कूल रु ३३ लाख ७४ हजार ८२ रोयल्टी उठेको छ । यो याममा आरोहण अनुमति लिएकामा मनास्लुमा दुई, अमादब्लम दुई तथा बरुत्सेमा एक, ग्याल्जेनमा एक र हिम्लुङमा दुई आरोही टोली छन् । आरोही नोभेम्बर महिनाभर आउने भएकाले शरद याममा १० देखि १२ समूूह पुग्ने विभागको अनुमान छ ।

विभागले पछिल्लोपटक हिमाल आरोहणलाई ४३ जनाको ‘अन अराइभल भिसा’ स्वीकृतिका लागि अध्यागमन विभागलाई सिफारिस गरेको छ । विभिन्न छ हिमाल आरोहणलाई चासो देखाएका विभिन्न देशका नागरिकका लागि विभागलाई सिफारिस गरिएको निर्देशक नीरा आचार्यले बताइन् ।

त्यसमा भारत, अमेरिका, बेलायत, क्यानडा, यूएई, रसिया, पोल्यान्ड, युक्रेनलगायतका नागरिक छन् । उनीहरु सात दिन होटल क्वारेन्टिनमा बसेर पिसिआर परीक्षण नेगेटिभ आएपछि आरोहणमा जान पाउँछन् । महामारीमा स्वदेशी, विदेशीको आरोहणले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने विभागको पर्वतारोहण शाखा प्रमुख निर्देशक आचार्यले बताइन् ।

यी आरोहणले आगामी वसन्त यामको आरोहणलाई आधार तयार भएको छ । निर्देशक आचार्यले भनिन्, ‘अहिले विदेशी विशिष्ट पाहुनाको आरोहण भनेर जसरी सञ्चार माध्यममा आएको छ तर विभागलाई विदेशी मात्र हैन स्वदेशी आरोहीको आरोहण अझ महत्वपूर्ण र सन्देशमूलक छ, विभागले आरोहण अनुमति दिँदा विदेशी पाहुनालाई विशेष अनुमति भन्ने हुदैन, अन्य आरोही सरह अनुमति दिन्छौँ ।’

गत वर्षको शरद याममा एक हजार २१० विदेशी हिमाल आरोहणलाई आएका थिए । सन् २०१९ मा दुई हजार २०० विदेशी आरोहण गर्न आएको बताइएको छ । सरकारले ट्रेकिङ तथा हिमाल आरोहण खुला गरेपछि भएका उच्चस्तरीय पर्यटक आगमनले कोरोनामा पनि विदेशमा नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले उच्चपदस्थ विदेशीसहितको हिमाल आरोहणले नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वजगतलाई प्रवाह गर्न सहयोग पुगेको बताए । उनले छिट्टै नेपालको पर्यटन पुरानै लयमा फर्कर क्रमशः आर्थिक गतिविधि बढ्ने बताए ।

सरकारले पनि पर्यटनका सबै क्षेत्र खुलाउने तयारी गरेको छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव कुलबहादुर गुरुङले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटकीय गतिविधिलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले पदयात्रा पर्यटनको अनुकूल याम भएकाले केही भए पनि पर्यटक आउन थालेकोले यो क्षेत्रलाई उत्साहित बनाएको बताए । नेपालमा सगरमाथासहित विभिन्न उचाइका तीन हजार ३१० हिमाल छन् । सरकारले हालसम्म ४१४ हिमाल आरोहणलाई खुला गरेको छ । रासस

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : २४ बजे

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत