१८ भदौ २०८३, बिहिबार | September 3, 2026

आशिषको संगीतमा ‘सुनन’ सार्वजनिक



काठमाडौं । तिहारको कोशेली स्वरूप गायक सुशील श्रेष्ठ ‘जुजु’ले नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक गरेका छन ।

रोमाण्टिक भर्सनको यस गीतमा स्वर सुशील श्रेष्ठ ‘जुजु’ को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ । यस गीतलाई स्वर्गीय आशिष तामाङले नै संगीतवद्द गरेका हुन ।

नगरकोट वरपर छायांकन गरिएको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रकाश जिसीको समेत अभिनय देख्न सकिन्छ ।

भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायांकन रहेको छ । टेकेन्द्र शाहले भिडियोलाई सम्पादन गरेका हुन । काजी बहादुर श्रेष्ठ उत्पादक रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार पारिएको हो । गायक श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘जुजु क्रियशन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

कोरना कहरबीच निकै मिहिनेत साथ निर्माण गरिएको यस गीतको म्युजिक भिडियोलाई हेरेर साथ, सपोर्ट र माया गरिदिन निर्माण टिमले सम्पूर्ण संगीत प्रेमीहरुलाई आग्रह गरेका छन ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ८ : ३९ बजे

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री