७ आश्विन २०८३, बुधबार | September 23, 2026

फेवातालमा बढ्यो चहलपहल



पोखरा । कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ ।

गते असोज दुई गतेबाट सञ्चालनको अनुमति पाएपनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढिरहेको हो । सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरु तैरिरहेका देख्न सकिने फेवातालमा अहिले दिनकै दुई सय भन्दा बढी पर्यटकहरु रमाउने गरेका छन् । विगतभन्दा संख्यात्मक हिसाबले कम भएपनि लक डाउन पछिको अवस्थामा आन्तरिक पर्यटन केही सन्तोषजनक छ ।

अहिले देशभरीका मठमन्दिर जस्तै फेवातालबीचमा रहेको तालबाराही मन्दिर बन्द छ । यद्यपी डुंगाबाटै मन्दिर परिक्रमा गर्ने आन्तरिक पर्यटकहरुको चहलपहल भने बढ्दो छ । विगत वर्षहरुमा दैनिक ८ सय भन्दा बढी आन्तरिक पर्यटकहरु घुम्न पुग्ने फेवातालमा अहिले २ सय हाराहारीमा पर्यटन आउने गरेका छन् । अहिले फेवातालमा दैनिक ३५ वटा डुंगा संचालनमा छन् ।

विगतका वर्षहरु जस्तै फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन पोखराका पर्यटन व्यवसायीहरु एकजुट भएका छन् । नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर दिन सकेमा बाह्य पर्यटकहरुको आगमन बढ्ने फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले बताए ।

फेवातालमा सयर हुने पर्यटक र अन्य डुंगा चालकहरुले स्वाथ्य सुरुक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ । सबैभन्दा महत्वपूर्ण साबुनपानीले हात धुने र मास्क अनिवार्य गरिएको छ । र तापक्रम नापेपछि भने लाइफ ज्याकेट दिएर ढुंगामा बस्न दिइने फेवा डुंगा व्यवसायी संमितिले जनाएको छ ।

प्रयोगमा आइसकेका लाइफ ज्याकेटलाई स्यानीटाइजर गरेर पुनःप्रयोगमा ल्याइने गरेको छ । डुंगामा भौतिक दुरी कायम गर्ने गरिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ३ : ०७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई