७ कार्तिक २०८३, शनिबार | October 25, 2026

कोरोना नियन्त्रण र उपचारमा टोखा नगरपालिकाको चार करोड खर्च



काठमाडौं । टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि चार करोड ७५ हजार ७७३ खर्च गरेको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि उक्त रकम खर्च गरेको हो ।

नगरपालिकाका आर्थिक प्रशासन शाखाप्रमुख ज्ञानबहादुर अधिकारीले सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि गरेको बन्दाबन्दीदेखि हालसम्म कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि उक्त रकम खर्च गरेको जानकारी दिए ।

टोखाले विपन्न परिवारको राहतका लागि एक करोड ४१ लाख ११ हजार ३६५, जनप्रतिनिधि र कर्मचारीको कोभिड बीमाका लागि दुई लाख ३५ हजार ६६०, कन्ट्याक ट्रेसिङका लागि ३५ हजार, स्वयम्सेवक, खाना तथा खाजा र अनुगमका लागि रु १७ लाख ९८ हजार ३७०, होम आइसोलेसन पोषण भत्ताका लागि २६ लाख ४० हजार ३०० खर्च गरेको छ ।

यस्तै, प्राविधिक÷सुरक्षाकर्मी सरसफाइ पारिश्रमिक पाँच लाख ४३ हजार ५०२, सूचना सन्देश प्रसारणका लागि रु चार लाख २९ हजार ७८६, आइसोलेसन सामग्रीका लागि २६ लाख ८४ हजार ७१८, आइसोलेसन वार्डमा श्यैया खर्च नौ लाख ६६ हजार ८०५, आइसोलेसन÷क्वारेन्टिनमा खाना तथा खाजाका लागि रु १३ लाख ७८ हजार ३८२, जोखिम प्रोत्साहन भत्ताका लागि रु एक करोड ८० हजार ९७९ खर्च भएको छ ।

यसैगरी, ह्यान्ड वास स्टेशन निर्माणका लागि सात लाख ३२ हजार ३२१, माक्स, क्लोरिन, स्यानिटाइजर, पिपिई, थर्मल गन खरीदका लागि रु ३५ लाख ८१ हजार ८८६, सर्जिकल सामान खरिदका लागि चार लाख ९९ हजार ९६८, चीन सरकारबाट प्राप्त सामानको भन्सार खर्चका लागि २० लाख ६ हजार ७३१ र पिसिआर ल्याब शुल्कका लागि एक लाख ५० हजार खर्च भएको आर्थिक शाखाप्रमुख अधिकारीले बताए ।

कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि टोखा नगरपालिकासँग पाँच करोड ८२ लाख ६ हजार ३५८ रकम रहेको छ । जसमध्ये नगरपालिकाको कोषमा दुई करोड ५० लाख, वाग्मती प्रदेश सरकारबाट प्राप्त १२ लाख, टोखाका शिक्षक कर्मचारीबाट सहयोग नौ लाख ३१ हजार ८९५, टोखाका सहकारी संस्थाबाट सहयोग रु एक लाख ६६ हजार २११ रहेको छ ।

यसैगरी, स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट तीन करोड २४ लाख, विभिन्न सङ्घसंस्थाबाट सहयोग दुई लाख ३० हजार, आधारभूत परीक्षा सञ्चालनको भत्ता र पारिश्रमिक अन्य कोषबाट हस्तान्तरण गरेको रु तीन लाख ८७ हजार रहेको नगरपालिकाले जनाएको छ ।

टोखा नगरपालिकामा हाल ४१९ सक्रिय सङ्क्रमित रहेका छन् भने दुई हजारभन्दा बढी सङ्क्रमित निको भएर घर फर्किसकेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए । टोखाले हालसम्म ६ हजार ५५ जनाको पिसिआर परीक्षण गरिसकेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ४ : ०९ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र