१२ चैत्र २०८१, मंगलबार | March 26, 2025

कोरोना सङ्क्रमणबाट सल्यानमा पहिलो मृत्यु



सल्यान । सल्यानमा कोरोना सङ्क्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो ।

केही दिन अगाडि ज्वरो, रुघाखोकीले च्यापेपछि उपचारका लागि दाङ लगिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको र कोहोलपुरमा स्वाब सङ्कलन गरेर अस्पतालमा भर्ना गरिएको भोलिपल्ट नै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

उनको मृत्यु भइसकेपछि पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानका कोरोना स्रोत व्यक्ति रिखाराम पुनले जानकारी दिए ।

कोरोनाबाट सङ्क्रमितको मृत्यु भएपछि जिल्लाको ठूलो व्यापारिक केन्द्र श्रीनगर बजार एक साताका लागि सिल गरिएको छ । श्रीनगरमा रहेका केही व्यापारीहरुमा समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेपछि र मृतक व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु र उपचारमा संलग्न व्यक्तिहरुको स्वाब सङ्कलन गरी पिसिआर रिपोर्ट नआउँदासम्मका लागि बजार सिल गरिएको शारदा नगरपालिका–१ का वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए ।

तिहार नजिकै आइरहेको बेला बजारमा अत्यधिक भीडभाड बढिरहेको र समुदायमा कोरोना सङ्क्रमण हुने खतरा रहेकाले बिहानको समयमा मात्रै बजार खोल्ने व्यवस्था गरिएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । “तिहार नजीकै आइरहेको छ बजारमा किनमेल गर्नेहरुको भीडभाड अत्यधिक बढेको छ, कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले भीडभाड नगर्न सबैमा अनुरोध गर्दछु”, अध्यक्ष बुढाथोकीले भने ।

हालसम्म सल्यानमा ५५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार, ५०७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

४३ जनाको जिल्लाका विभिन्न ठाउँमा होम आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना स्रोतव्यक्ति पुनले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ५ : ०३ बजे

बागलुङमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द

बागलुङ । बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३

अध्यक्ष नेपालद्वारा नेता कोइरालाको निधनप्रति दुःख प्रकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको

डाँफे कप फुटबल : परिवर्तनशिल युवा क्लब विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट

पूँजीगत खर्चबारे मन्त्रालयहरूसँग छलफल, खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत