७ आश्विन २०८३, बुधबार | September 23, 2026

खुमलटारलाई साथ नदिन नेता नेपाललाई ओलीको आग्रह, साढे २ घण्टा भेटवार्ता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत नेताहरुको अनौपचारिक बैठकले औपचारीक बैठक डाक्न अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई लिखित आग्रह गरेको भोलिपल्ट ओलीले पार्टीका बरिष्ठ नेता माधव नेपाललाई बालुवाटार बोलाएर खुमलटारसँग सम्बन्ध त्याग्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले छलफलका लागि बालुवाटार बोलाएपछि नेता नेपालले आफु निकटका सुरेन्द्र पाण्डे, रघुजी पन्त र भिम रावललाई साथमा लिएर बालुवाटार गएका थिए । भेटमा ओलीले नेपालसँग पार्टीको संकट समाधानका लागि प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छलफलमा सहभागि एक नेताले बताए ।

आज मध्यान्ह झण्डै साढे दुई घन्टाभन्दा भएको भेटवार्ताका क्रममा ओलीले पार्टीमा देखिएको संकट समाधानका लागि पूर्व एमाले समूह बीच एकता कायम गर्दै सहयोग गर्न तथा सो अभियान प्रभावकारी बनाउन नेता नेपालको भूमिकाको अपेक्षा गरेको पार्टी श्रोतले जनाएको छ ।

भेटवार्तामा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै अ‍ोलीले पूर्वएमाले मिलेर जानुपर्ने प्रस्ताव गरेपछि वरिष्ठ नेता नेपालले पार्टी एकताको चरण धेरै अगाडी बढेकाले पूर्व भन्न नहुने जिकिर गरेको श्रोतले दाबी ग¥यो ।

नेपालले ओलीसँग वर्तमान संकट समाधानको प्रस्ताव के हो ? भनेर प्रश्न गरेको भेटवार्तामा सहभागी नेताले बताए ।

सहभागी ती नेताका अनुसार ओलीले अझै लामो समयसम्म पार्टीको नेतृत्व लिनसक्ने संकेत गर्दै ओलीले भने ‘अपरेसनपछि झनै जोश बढेको छ, फुलेका जुँगा कालो हुन थालेको छ । अब मिलेरै देश चलाउनुपर्छ ।’

वरिष्ठ नेता नेपाललाई पार्टीको नेतृत्व लिन आग्रह गर्दै ओलीले प्रचण्डले भनेको कुरा नमान्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : १५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज