४ पुस २०८२, शुक्रबार | December 20, 2025

व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न राज्यसँग कुरा गर्छु : उपाध्यक्ष ढकाल



बुटबल । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हक, हित तथा अधिकारका लागि सरकारसँग लविइङ गर्नका लागि आफूले उमेद्वारी दिएको बताएका छन् ।

बुटवलमा आयोजित चुनावी अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले आफू चुनावी प्रतिबद्घतामा दृढ रहेको कुरा बताए । वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफु त्यसका लागि हरहिसाबले सक्षम र दाबेदार रहेको ढकालको भनाई थियो ।

आफुले व्यवसायीका हक, हित र समस्या समाधानमा निरन्तर पहल गर्ने गरेको बताउँदै उनले अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यवसायिक वातावरण बनाउन लागि पर्ने बताए ।

ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएपछि यो संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने काममा सशक्त रुपमा लाग्ने बताए ।
आधा शताब्दिभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुने ढकालको प्रतिवद्धता छ ।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको कार्यक्रम वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी लगायत विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको