१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्राधिकरणकै उपकार्यकारी निर्देशक रहेका शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यले सोमबार नै पदबाहाली गरेका छन् ।

उर्जामन्त्री वर्षमान पुनले गत शुक्रबार प्राधिकरण संचालक समिति बैठकमा शाक्यको काज फिर्ता गर्न निर्देशन दिएसँगै उनले नै कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने अड्कल गरिएको थियो । यसअघि उनी ‘एनईए इन्जिनियरिङ कम्पनी’मा कार्यरत थिए ।

एनईए इन्जिनियरिङ कम्पनी प्राधिकरणकै सहायक कम्पनी हो । २०७३ सालमा कुलमान घिसिङको पालामा स्थापना भएको कम्पनी परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै खोलिएको थियो ।

घिसिङको पदावधी सकिएपछि लेखनाथ कोइराला निमित्त कार्यकारी प्रमुख बनेका थिए । तर, आफुभन्दा जुनियरलाई निमित्त दिएको भन्दै शाक्य प्राधिकरणमा आएका थिएनन् । तर, अहिले भने तिनै कोइरालाले निर्णय गरी शाक्यलाई प्राधिकरणमा हाजिर गराएका छन् ।

 

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १२ : २९ बजे

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान