१६ बैशाख २०८१, आइतबार | April 28, 2024

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्राधिकरणकै उपकार्यकारी निर्देशक रहेका शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यले सोमबार नै पदबाहाली गरेका छन् ।

उर्जामन्त्री वर्षमान पुनले गत शुक्रबार प्राधिकरण संचालक समिति बैठकमा शाक्यको काज फिर्ता गर्न निर्देशन दिएसँगै उनले नै कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने अड्कल गरिएको थियो । यसअघि उनी ‘एनईए इन्जिनियरिङ कम्पनी’मा कार्यरत थिए ।

एनईए इन्जिनियरिङ कम्पनी प्राधिकरणकै सहायक कम्पनी हो । २०७३ सालमा कुलमान घिसिङको पालामा स्थापना भएको कम्पनी परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै खोलिएको थियो ।

घिसिङको पदावधी सकिएपछि लेखनाथ कोइराला निमित्त कार्यकारी प्रमुख बनेका थिए । तर, आफुभन्दा जुनियरलाई निमित्त दिएको भन्दै शाक्य प्राधिकरणमा आएका थिएनन् । तर, अहिले भने तिनै कोइरालाले निर्णय गरी शाक्यलाई प्राधिकरणमा हाजिर गराएका छन् ।

 

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १२ : २९ बजे

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश