१० बैशाख २०८२, बुधबार | April 24, 2025

मर्यादित पत्रकारिताले समाजलाई सभ्य बनाउँछ : मन्त्री गुरुङ



परासी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालीम समापन कार्यक्रममा बोल्दै गुरुङले मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने बताएका हुन् ।

भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, “तपाईँको अभियानमा मन्त्रालयले पनि सहयोग गर्छ, सञ्चार क्षेत्रका कानून पनि सुधार गर्छौँ, ती कानूनमा मर्यादित पत्रकारिता थपिनेछ ।”

भ्रम फैलाउने र नकारात्मक समाचारलाई बढी प्राथमिकता दिँदा पछिल्लो समय पत्रकारिताप्रतिको विश्वास कमजोर हुँदै गएको उनको भनाइ थियो । मन्त्री गुरुङले सञ्चार क्षेत्रमा रुपान्तरण गर्ने गरी आफू लागेको पनि जानकारी दिए ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले समाजले भरोसा गरेको पत्रकारिता जगत्ले भ्रम र अफवाह फैलाउनेतर्फ नभई विश्वास बढाउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले यस तालीमले पत्रकारितालाई जिम्मेवार र विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । आचार्यले भने, “हामीप्रतिको विश्वासलाई कायम राख्न कमजोरी सुधार गर्नुपर्छ, आचारसंहिता पालना गर्नु नै महत्वपूर्ण हो, यसका लागि हामीले अनुगमन गरिरहेका छौँ, राज्यको तर्फबाट पनि यसतर्फ पहल हुनुपर्छ ।”

प्रेस काउन्सिल नेपालका सदस्य सङ्गीता खड्काले आचारसंहिता पालना गरे पत्रकारिता क्षेत्र विश्वसनीय हुने बताइन । “काउन्सिलले आचारसंहिता पालना गराउन पत्रकारलाई सचेत गराउने र लागू गराउने कार्य गर्दै आएको छ”, खड्काले भनिन् ।

भ्रामक र गलत सूचना तथा समाचारलाई न्यूनीकरण गरी पत्रकारिता क्षेत्रलाई मर्यादित, विश्वसनीय, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यले तालीम सञ्चालन गरिएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन भएको दोस्रो चरणको तालीममा तीन जिल्लाका ३२ पत्रकारको सहभागिता रहेको मिडिया एक्सनकी उपाध्यक्ष प्रियङ्का झाले बताइन । झाका अनुसार छ जिल्लाका ६४ पत्रकारलाई यस किसिमको तालीम प्रदान गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ११ : ४४ बजे

लुम्बिनी कप महिला फुटबल : एपीएफ क्लब फाइनलमा प्रवेश

नेपालगन्ज । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब लुम्बिनी कप

सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनामाथि तीन दिन म्याद थप

काठमाडौँ । काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शन, तोडफोड, आगजनीलगायत घटनामा संलग्न

लुम्बिनी प्रादेशिक अस्पतालको स्वास्थ्य सेवाबारे छलफल

बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाव

मन्त्रिपरिषद हेरफेर, शिक्षा मन्त्री रघुजी पन्त, उर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले