२४ बैशाख २०८१, सोमबार | May 6, 2024

मिथ्या समाचारले पत्रकारिताको विश्वसनीयता घट्यो



नेपालगन्ज । मिथ्या सूचनाले पत्रकारिताको विश्वसनीयता खस्किँदै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
पाल्पा विकास केन्द्र तानसेनको आयोजना तथा बाँकेको मेरो खुसी डटकमको संयोजनमा शनिबार नेपालगन्जमा आयोजना गरिएको मिथ्या सूचना रोक्न तथ्य जाँच सम्बन्धी संवाद कार्यक्रममा बाँके, बर्दिया र भारतका पत्रकार तथा सरोकारवालाले मिथ्या सूचनाले सञ्चारमाध्यमको विश्वसनीयता कम गर्ने र पत्रकारितालाई कलंकित गर्ने भन्दै चिन्ता गरेका हुन् ।

समाजमा अपिनियर लिडर मानिएका पत्रकार, शिक्षक, चिकित्सक, नेता वा प्रतिष्ठित व्यक्तिहरुले जानाजान वा अन्जानमा मिथ्या सूचना फैलाउँदा नागरिकले धेरैले विश्वास गर्ने भएकाले त्यस्ता सूचनाले समाजलाई हानी हुने उनीहरुको जोड थियो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले राजनीतिप्रति वितृष्णा रहे जस्तै पत्रकारिता पेशाप्रति विश्वसनीयता घट्दै गएकाले थोरै व्यवसायिक पत्रकारले पेशालाई मर्यादित बनाउन सुझाव दिए ।

कार्यक्रममा नागरिक दैनिकका एशोसियट सम्पादक तिलक पाठकले मिथ्या सूचना, निर्वाचन र लोकतन्त्रका विषयमा धारणा राख्दै मिथ्या सूूचनाले सार्वजनिक सुरक्षामा चुनौती हुने, साम्प्रदायिक सहिष्णुता वा सद्भाव बिग्रिने, समाजमा द्वन्द्व बढाउने, लोकतान्त्रिक प्रक्रियालाई नै नकारात्मक असर पर्ने बताए ।

उनले विश्व र नेपालमा भएका मिथ्या सूचना सम्बन्धी अभ्यासको उदाहरण दिँदै पत्रकारले सत्यको परीक्षण नगरे मिडियाको विश्वसनीयता घट्ने बताए । मिथ्या समाचार प्रकाशन प्रसारणबाट जोगिने, गल्ती भएमा सच्चाउने तत्परता र पारदर्शिता अपनाउने र सूचना साक्षरता र तथ्यजाँचमा जोड दिन पत्रकार र मिडियालाई उनले सुझाव दिए । उनले नागरिकलाई सुझाव दिए, ‘कुनै पनि सामग्री पढेपछि तुरुन्तै विश्वास नगर्नुहोस् । प्रकाशित सामग्री मिथ्या हुनसक्छ भनेर सचेत हुनुहोस् ।’

कार्यक्रममा पत्रकारहरु झलक गैरे, रुद्र सुवेदी, अर्जुन ओली, रुपनी जीएम, आशिष गुप्ता, सूचना अभियन्ता विश्वजीत तिवारी, सीता बोहोरालगायतले मिडियामा आएका मिथ्या सूचना र तिनले पारेको प्रभावबारे धारणा राखेका थिए ।

कार्यक्रममा पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेल र कार्यक्रम संयोजक किरण कौशलले सूचनाको तथ्यजाँचका विषयमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभिमुखीकरण कार्यक्रम गरिरहेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : ३९ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र