१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

यसवर्ष झिलिमिलि बत्तिको व्यापार ७० प्रतिशतले कम



काठमाडौं । यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन् ।

कोरोना संक्रमणको जोखिमका कारण विगत भन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम हुने व्यापारीहरुको अनुमान छ । तिहार आउन केही दिनमात्रै बाँकी रहेपनि बजारमा विगतजस्तो तामझाम भने देखिएको छैन् ।

मानिसहरुको भिडभाड कम हुनु, कोभिडका कारण उपत्यकाबाट धेरैजसो गाउँ फर्किनु लगायतका कारण व्यापारमा कमि आउने व्यवसायीहरुको भनाई छ । तिहार भन्ने बित्तिकै सम्झना आउने भनेका झिलिमिलीको हो ।

माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि यसका विशेषता हुन् । तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तर, यस पटक कोरोना कहरले गर्दा व्यापार धेरै नहुने भएकाले व्यवसायीहरु भने निराश भएका छन ।

सुन्धारा क्षेत्रमा विगत १० वर्षदेखि व्यापार गर्दै आएका मनिष विक्रम साह कोरोनाका कारण व्यापारीहरुलाई मारमा पारेको बताउँछन् । तिहारमा सबैभन्दा बढी व्यापार हुने झिलिमिली बत्ती भएपनि यो वर्ष ३० प्रतिशतभन्दा बढी हुन नसकेको साहले बताए ।

धेरै व्यवसायीहरु विस्थापित हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै सरकारले आवश्यक नीति लिएर समस्या सम्बोधन गरिदिनुपर्ने उनले जनाए ।

अर्का व्यापारी भक्ति प्रसाद भट्टराई पनि बजारमा झिलिमिल बित्ती किन्नेहरुको भिडभाड विगत जस्तो नभएको बताउँछन् ।

नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार विगत वर्ष भन्दा ४० प्रतिशत कम मात्रै बत्तीहरु आयात भएका छन् ।

कोरोनाका कारण व्यवसायीहरुले भोग्नुपरेको समस्या र चीनसँगको नाकाबाट सहज रुपमा सामान आयात नहुँदा समस्या भएको महांघको भनाई छ ।

माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिली हुनेगरेकोमा अहिले विद्युतीय बत्तीमा आकर्षण बढेको छ । देशमा लोडसेडिङको समस्या पनि हटेपछि विद्युतीय बत्तीमा मानिसहरु आकर्षित भएका हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ३ : १९ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत