१४ असार २०८३, आइतबार | June 28, 2026

पार्टी मुख्यालय धुम्बाराहीमा ५ नेता छलफलमा, सचिवालय बैठक बस्न सकेन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालयको बैठक बस्न नसकेपछि धुम्बाराहीमा ५ नेताबीच छलफल भएको छ ।

कार्यकारी अध्यक्षको हैसियतमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीपक्षका नेताहरु अनुपस्थित भएपछि पाँच नेताहरुबीच थप छलफल भएको हो ।

बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठ सहभागी छन् ।

सचिवालय अन्य सदस्यहरु ओलीसहित महासचिव विष्णु पौडेल र इश्वर पोखरेल अनुपस्थित रहेका छन् । कुनै पनि समुहमा खुलेर नलागेका अर्का सचिवालय सदस्य रामबहादुर थापा पनि बैठकमा अनुपस्थित छन् ।

धुम्बाराहीमा बैठक बस्नुअघि प्रचण्डले बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

सचिवालयमा अल्पमतमा रहेका ओलीले बैठक बोलाउनका लागि सहमति दिन अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ४ : ४३ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट