१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पार्टी मुख्यालय धुम्बाराहीमा ५ नेता छलफलमा, सचिवालय बैठक बस्न सकेन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालयको बैठक बस्न नसकेपछि धुम्बाराहीमा ५ नेताबीच छलफल भएको छ ।

कार्यकारी अध्यक्षको हैसियतमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीपक्षका नेताहरु अनुपस्थित भएपछि पाँच नेताहरुबीच थप छलफल भएको हो ।

बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठ सहभागी छन् ।

सचिवालय अन्य सदस्यहरु ओलीसहित महासचिव विष्णु पौडेल र इश्वर पोखरेल अनुपस्थित रहेका छन् । कुनै पनि समुहमा खुलेर नलागेका अर्का सचिवालय सदस्य रामबहादुर थापा पनि बैठकमा अनुपस्थित छन् ।

धुम्बाराहीमा बैठक बस्नुअघि प्रचण्डले बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

सचिवालयमा अल्पमतमा रहेका ओलीले बैठक बोलाउनका लागि सहमति दिन अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ४ : ४३ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको