१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सेयर बजारमा उछाल : ३ बर्षपछि बजार १७ सयको विन्दुमा, कारोबार रकम ४ अर्व भन्दा माथि



काठमाडौ । सेयर बजारले ३ वर्षपछि १७०० अंक पार गरेको छ । बुधबार नेप्से परिसूचक २८.८९ अंकले बढेर १७०७.६८ बिन्दुमा पुगेको हो ।  तीन वर्ष पछि नेप्से इन्डेक्स १७०० माथि पुगेपछि लगानीकर्ताहरु उत्साहित देखिएका छन् ।

यसअघि बजार २०७३ चैत २९ गते पनि नेप्से इन्डेक्स १७०९।८२ विन्दुमा पुगेको थियो । त्यसबेला एक अर्ब ९० करोड ७४ लाख रूपैयाँ मात्रै कारोबार भएको थियो । यस्तै २०७३ कार्तिक २९ गते १७०६.२८ विन्दुमा पुगेको थियो ।

बुधबार १९५ वटा कम्पनीको एक करोड २५ लाख ३६ हजार ६५१ कित्ता शेयर किनबेच भएर ४ अर्ब ९ करोड ९६ लाख रुपैयाँमा बराबरको कारोबार भएको छ । मंगलबार पनि ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका उपसमुहहरुमध्ये ११ वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ भने एउटा उपसमुहको सूचक मात्रै नकारात्मक देखिएको छ ।
व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमुहको सूचक ६.२१ प्रतिशत, अन्यको ४.१२, निर्जीवन बीमाको ४.०२ प्रतिशतले बढेको छ ।

यस्तै बुधबार ६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : २२ बजे

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र