४ पुस २०८२, शुक्रबार | December 19, 2025

सेयर बजारमा उछाल : ३ बर्षपछि बजार १७ सयको विन्दुमा, कारोबार रकम ४ अर्व भन्दा माथि



काठमाडौ । सेयर बजारले ३ वर्षपछि १७०० अंक पार गरेको छ । बुधबार नेप्से परिसूचक २८.८९ अंकले बढेर १७०७.६८ बिन्दुमा पुगेको हो ।  तीन वर्ष पछि नेप्से इन्डेक्स १७०० माथि पुगेपछि लगानीकर्ताहरु उत्साहित देखिएका छन् ।

यसअघि बजार २०७३ चैत २९ गते पनि नेप्से इन्डेक्स १७०९।८२ विन्दुमा पुगेको थियो । त्यसबेला एक अर्ब ९० करोड ७४ लाख रूपैयाँ मात्रै कारोबार भएको थियो । यस्तै २०७३ कार्तिक २९ गते १७०६.२८ विन्दुमा पुगेको थियो ।

बुधबार १९५ वटा कम्पनीको एक करोड २५ लाख ३६ हजार ६५१ कित्ता शेयर किनबेच भएर ४ अर्ब ९ करोड ९६ लाख रुपैयाँमा बराबरको कारोबार भएको छ । मंगलबार पनि ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका उपसमुहहरुमध्ये ११ वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ भने एउटा उपसमुहको सूचक मात्रै नकारात्मक देखिएको छ ।
व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमुहको सूचक ६.२१ प्रतिशत, अन्यको ४.१२, निर्जीवन बीमाको ४.०२ प्रतिशतले बढेको छ ।

यस्तै बुधबार ६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : २२ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ