६ बैशाख २०८१, बिहिबार | April 19, 2024

निजी क्षेत्रको आत्मबल बढाएरै अर्थतन्त्र गतिशिल बनाउँछौं : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजि क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका छन् ।

बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निजि क्षेत्र बिना अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका हुन् ।

मन्त्री पौडेलले कोभिडले सिर्जना गरेको चुनौतिलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरउत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन बढाउने काम निजि क्षेत्र बिना सम्भव नभएको बताए । ‘त्यसैले अहिलेको प्रतिकुल परिस्थितिकाबीच पनि व्यवसाय सुचारु गर्न र राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान दिन अनुकुल परिस्थितिको निर्माण गर्ने भुमिकामा सरकार रहेको छ, उनले भने ।

यस्तै सरकारले घोषणा गरेका कार्यक्रमहरु कार्यान्वयनमा नगएको सम्बन्धमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थमन्त्री पौडेलले बताए । सरकारले घोषणा गरेको पुनर्कर्जा तथा स्टिमुलस प्याकेजहरु कार्यान्वयनको चरणमा रहेको पनि उनले जनाए ।

त्यसअवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजस्वका दरहरु घटाउन माग गरे । सरकारले राजस्वका दरहरु घटाउँदा कारोबार बढ्न जाने र कारोबार बढेपछि स्वतः राजस्वको आकार समेत बढ्ने भएकाले छिटो भन्दा छिटो राजस्वका दरहरु घटाउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

करका दरहरु उच्च हुँदा कुनैपनि वस्तुको मूल्य बढी हुने भएकाले कतिपय सामानहरुको अवैध आयात हुने गरेको व्यवसायीहरुले बताएका छन् । त्यसैले पनि भन्सार दर, राजस्व, मूल्य अभिवृद्धि कर लगायतका करका दरहरुमा सुधार आवश्यक रहेको तर्क व्यवसायीहरुको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ५ : १६ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी