१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

सचिवालय बैठक बोलाउन अध्यक्ष ओली सहमत, शुक्रबार अपरान्ह ४ बजे बैठक आह्वान



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सचिवालय बैठक बोलाउने या नबोलाउने विषयमा रहेको गलफत्तिको समाधान निस्किएको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बैठक बोलाउन सहमत भएपछि नेकपामा बैठकबारे देखिएको विवाद तत्कालका लागि समाधान हुने देखिएको छ ।

बैठक बोलाउन निरन्तर दबाब दिँदै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताहरुले अध्यक्ष ओलीलाई आज बिहीबारका लागि बैठक बसाल्न पछिल्लो पटक आग्रह गरेका थिए ।

महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास सचिवालयको बैठक सदस्यहरुलाई जानकारी गराएका छन् । नेकपाको बैठक अध्यक्षद्वय प्रचण्ड र ओलीको सहमतिमा महासचिवले बोलाउने प्राबधान रहेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध आएको अविश्वास प्रस्ताव, भारतीय गुप्तचर संस्थासँग प्रधानमन्त्रीको अपारदर्शी छलफल र मन्त्रिपरिषद् विस्तारको विषयमा नेकपामा गम्भीर विवाद रहेको छ ।

गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनका विषयमा समेत अध्यक्षद्वयबीच मतभेद रहँदै आएको छ ।

विवादका विषयमा बैठक बस्नुपर्ने माग गर्दैआएका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजि श्रेष्ठले पार्टी कार्यालय धुम्बाराहीमा दुई पटक अनौपचारिक बैठक बसिसकेका छन् ।

बैठकका लागि सहमति जनाउन पाँच नेताले ओलीलाई लिखित रुपमा समेत आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ९ : १२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग