२२ बैशाख २०८१, शनिबार | May 4, 2024

आर्थिक क्षेत्र सवल भएमात्रै राजनीति उपलब्धीको रक्षा हुन्छ : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धिहरुको भविष्य आर्थिक क्षेत्रसँग जोडिएको बताएका छन् ।

निर्यात व्यवसायी महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले आर्थिक क्षेत्र सबल बनाउन सकेमात्रै राजनीतिक उपलब्धिहरुको रक्षा गर्न सम्भव हुने बताए ।

राजनीतिक उपलब्धिहरुमा मात्रै गौरब नगरी उत्पादनमा वृद्धि, रोजगारीका अवसर सिर्जना गरी सुदृढ अर्थतन्त्र निर्माण गर्नुपर्ने उनले बताए ।

रोजगारी सिर्जना र उत्पादनमा वृद्धि गरी आर्थिक क्षेत्र सबल र शक्तिशाली बनाउनु अहिलेको साझा विषय भएको उल्लेख गर्दै उनले भने, ‘आर्थिक क्षेत्रमा गर्ने उपलब्धिहरुको जगमा विगतमा प्राप्त गरेका राजनीतिक उपलब्धिहरुको भविष्य निर्भर छ । त्यो मैले महसुस गरेको छु ।त्यो सँगै उत्पादन वृद्धि, रोजगारी सिर्जना, सबल र शक्तिशाली अर्थतन्त्रको निर्माण अहिलेको साझा राष्ट्रिय सरोकारको विषय हो ।’

सरकार र निजि क्षेत्र एउटै डुंगाका यात्री हुन भन्ने मान्यताका साथ अगाडि बढ्ने प्रतिवद्धता पनि उनले जनाए ।

महासंघले उत्पादन वृद्धिका लागि जमिन, भूमि लिज भाडामा ल्याउन छुट्टै कानून ल्याउनुपर्ने माग गरेको छ । यस्तै वन क्षेत्र, प्रयोगविहिन सरकारी जग्गाहरुको उपभोगका लागि कानूनको आवश्यकता रहेको पनि महासंघले बताएको छ ।

निर्यातजन्य उद्योगलाई निर्यातमा पुनरकर्जा दिने स्पष्ट भएपनि व्यवसायीहरुले सुविधा नपाएको गुनासो गरेका छन् । पुर्नकर्जाको समयावधि पनि थप गी तीन वर्ष गरिनुपर्ने महासंघको माग छ ।

निर्यात उद्योगका लागि ल्याइने कच्चा पदार्थ पश्मिना, धागोमा भन्सार दस्तुर १ प्रतिशत शुल्क गरिएकोमा सो अनुसार भन्सार महशुल उद्योगहरुले सुविधा पाएको र ट्रेडिङ हाउसलाई पनि सोही अनुसार कायम गर्नुपर्ने लगायत बुँदे पत्र महासंघले अर्थमन्त्रीलाई बुझाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ५ : २० बजे

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई १७३रनको लक्ष्य दिएको छ

प्रधानमन्त्रीद्वारा प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न