१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल टेलिकमले तिहार, नेपाल संवत, नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र नयाँ प्याकेजहरु उपलब्ध गराउने



काठमाडौ । नेपाल टेलिकमले  तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै नयाँ प्याकेजहरु उपलब्ध गराउने भएको छ ।

कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिने भएको हो । यी अफरहरु काग तिहार (कात्तिक २८, २०७७) देखि छठ पर्व (मंसिर ५, २०७७) सम्म उपलब्ध हुनेछन् । यसका साथै सेवाग्राहीको सुविधाका लागि थप विशेषतासहितको अटम अफरका प्याकेजहरु कात्तिक २८ गतेबाटै लागु हुनेछन् ।

कम्पनीले फेस्टिभल अफरका रुपमा जीएसएम/सीडीएमए मोबाइलको व्यालेन्स टप अप गर्दा निम्नानुसारको वोनस उपलब्ध गराउने भएको छ ।

जसमा रिचार्ज कार्डबाट रु. ५० रिचार्ज वा एमपोसबाट रु. २० देखि रु. ५० सम्म रिचार्ज गर्दा सोही दिनका लागि ५ मिनेट वोनस । रिचार्ज कार्डबाट रु. १०० वा एमपोसबाट रु. ५१ देखि रु.१०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि १० मिनेट वोनस । रिचार्ज कार्डबाट रु. २०० वा एमपोसबाट रु. १०१ देखि रु. २०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि २० मिनेट वोनस । एमपोसबाट रु. २०१ देखि रु. ४९९ सम्म रिचार्ज गर्दा सोही दिनका लागि ३० मिनेट वोनस । रिचार्ज कार्डबाट रु. ५०० वा एमपोसबाट रु. ५०० देखि रु. ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट वोनस । रिचार्ज कार्डबाट रु. १००० वा एमपोसबाट रु. १००० वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनका लागि १०० मिनेट वोनस रहेको छ ।

अटम अफरमा थप सुविधा

यस्तै कम्पनीले ७ दिनसम्म प्रयोग गर्न सकिने गरी प्रतिदिन १०० मिनेट र २८ दिनका लागि प्रतिदिन १०० मिनेट चलाउन मिल्ने छुट्टाछुट्टै इको भ्वाइस प्याक (भ्अय ख्यष्अभ एबअप) उपलब्ध गराउने भएको छ ।

७ दिनका लागि उपलब्ध हुने यस प्याकेजको मूल्य रु. ९५ हुनेछ भने २८ दिनका लागि उपलब्ध हुने प्याकेजको मूल्य रु. ३७५ हुनेछ । यी प्याक अन्तर्गत क्रमशः ७०० र २८०० मिनेट भ्वाइस कल गर्न सकिने छ ।
यसैगरी भ्वाइस र डाटा प्याक दुवै सुविधा समेत लिन सकिने नयाँ इको डाटा प्याक विथ भ्वाइस (भ्अय म्बतब एबअप धष्तज ख्यष्अभ) समेत उपलब्ध गराइएको छ । यस अन्तर्गत प्रतिदिन १४ मिनेट कुराकानी गर्ने र प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. ९५ मा जम्मा ९८ मिनेट भ्वाइस कल गर्न र ७ जीबी डाटा चलाउन सकिने छ । साथै रु. ३७५ मा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी जम्मा ३९२ मिनेट भ्वाइस कल र २८ जीबी डाटा सहितको प्याकेज उपलब्ध हुनेछ ।

लार्ज सोसियल मिडिया प्याक (Large Social Media Pack)

रु. १८० मा ७ दिनका लागि अल डाटा ४ जीबी र प्रत्येक दिन १ जीबी फेसबुक तथा युट्युब चलाउने गरी ७ जीबी सहित जम्मा ११ जीबी डाटा ।
रु. ५९९ मा अल डाटा १० जीबी र २८ दिनसम्म प्रत्येक दिन १ जीबी गरी फेसबुक तथा युट्युब चलाउन २८ जीबी सहित जम्मा ३८ जीबी ।
यसरी उपलब्ध डाटामध्ये अल डाटाबाट २४सै घण्टा जुनसुकै एप चलाउन र प्रत्येक दिन प्राप्त हुने १ जीबी डाटाले युट्युब र फेसबुक चलाउन सकिने छ । युट्युब र फेसबुकसम्बन्धी सबै डाटा जुनुसुकै समयमा र जुनसुकै नेटवर्कमा प्रयोग गर्न सकिने छ ।

कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको पोस्टपेड प्याकमा रु. ५९९ को नयाँ पोस्टपेड (प्राइम) प्याक थप गरिएको छ भने रु. ७४९ को प्याकमा डाटा भोल्युम परिमार्जन गरिएको छ । अब रु. ५९९ मा ३० दिनसम्म चलाउन मिल्नेगरी प्याक लिन सकिने छ । सो प्याक प्रयोग गरी ४०० मिनेट कम्पनीकै नेटवर्कमा र ५० मिनेट अन्य नेटवर्कमा समेत कल गर्न सकिने सुविधा प्राप्त हुनेछ । साथै सो प्याकबाटै ६ जीबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिने छ ।

यसैगरी रु. ७४९ को ३० दिन चलाउन मिल्ने पोस्टपेड (प्रिमियम) प्याक लिन सकिने छ र यसबाट ८०० मिनेट कम्पनीकै नेटवर्कमा र ७५ मिनेट अन्य नेटवर्कमा कल गर्न सकिने छ । त्यसैगरी ८ जीबी डाटा भोल्युम चलाउन र ५०० वटा एसएमएस गर्न सकिने छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ७ : ०९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान