२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रदेश १ मा ढकाल समूहको चुनावी सभा, ५२ जिल्ला तथा नगर अध्यक्षहरुको समर्थन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको क्रममा देश दौडाहामा रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई १ नम्बर प्रदेशका ५२ ओटा जिल्ला नगर अध्यक्षहरुले समर्थन गरेका छन् ।

ढकाल प्यानललाई १ नम्बर प्रदेशको आयोजनामा आयोजित स्वागत कार्यक्रममा विभिन्न जिल्लाबाट उपस्थित जिल्ला तथा नगर अध्यक्षहरुले उपस्थित भएर समर्थन गरेका हुन् ।

सो कार्यक्रममा १ नम्बर प्रदेशका १७ जिल्ला तथा नगरका अध्यक्षहरुले उपस्थित भएर स्वागत गरेका थिए भने अन्य जिल्ला तथा नगर अध्यक्षहरुले स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको जानकारी गराउँदै समर्थन सहितको शुभकामना पठाएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ अन्तर्गत सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघको आयोजनामा धनकुटाको भेडेटारमा आयोजना गरेको सो कार्यक्रम बिहीबार र शुक्रबार गरी २ दिन सम्म चल्ने छ ।

उक्त कार्यक्रममा विभिन्न जिल्ला नगरका अध्यक्ष, वस्तुगततर्फका अध्यक्ष तथा एशोसिएट्स सदस्यगरी १ सयभन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ८ : ३७ बजे

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा