१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमै सकाउन मन्त्री नेम्वाङको निर्देशन



काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज भएको सरोकार निकायका प्रतिनिधि सम्मिलित छलफलमा उनले कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरे ।

उनले देशकै महत्वपूर्ण सो सडक विस्तारका लागि सम्बन्धित निर्माण कम्पनी र परामर्शदातासँग बसी कार्ययोजना बनाएर अघि बढ्न आयोजना कार्यालयलाई निर्देशन दिए ।

जम्मा ११३ किमी लम्बाइको सडक दुई खण्डमा निर्माण गर्न लागिएको छ । सो सडक एशियाली विकास बैङ्क (एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको छ । सडक निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले गरिरहेको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण दुई सातासम्म आइसोलेशनमा पुल्चोकस्थित मन्त्री निवासमा बसेका मन्त्री नेम्वाङ सोमबार रिपोर्ट नेगेटिभ आएसँगै आजदेखि मन्त्रालय आउन थालेका छन्। छलफलमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, एडिबीका आयोजना निर्देशक दीपक श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सहसचिव गोपाल सिग्देललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ९ : ११ बजे

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी

किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?

काठमाडौं । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका