६ श्रावण २०८३, बुधबार | July 22, 2026

बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गका लागि टेण्डर निकाल्ने तयारी



काठमाडौं । सरकारले काठमाडौंको थानकोटदेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्गको काम सुरुभएसँगै सिद्धार्थ राजमार्गको  बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबाबा सुरुङमार्ग निर्माणका लागि तिहार लगत्तै टेण्डर आह्वानको तयारी गरेको छ ।

अर्थमन्त्रालयले अघिल्लो वर्षबाट नै बजेको सुनिश्चितता गरेको सिद्धबाबा सुरुङमार्गका लागि सडक विभागले टेण्डर आह्वानको तयारी गरेको हो । टेण्डर आह्वानको अन्तिम चरणमा पुगेको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताएका छन् । सुरुङ मार्ग निर्माणका लागि अर्थ मन्त्रालयले १० अर्ब १५ करोड बजेटको सुनिश्चितता गरेको छ ।

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेको छ ।

सिद्धबाबा खण्डको विकल्पमा धेरैतिरबाट सडक बनाउन खोजिएपनि सुरुङमार्ग नै भरपर्दो हुने विश्लेषण गर्दै संघीय सरकारले बजेट विनियोजन गर्न थालेको थियो । तर, अब भने टेण्डर प्रक्रियामै गएर सुरुङ खन्ने कामलाई अघि बढाउने तयारी भएको छ ।

यसअघि सुरुङको मापदण्ड निर्धारण गर्न सरकारी ढिलाईकै कारण काम अघि बढेको थिएन । यो सुरुङमार्ग निर्माण गर्न कम्तिमा ८ अर्ब रुपैयाँ लाग्ने स्वीस अध्ययनले देखाएको छ । यद्यपी, निर्माण सम्पन्न गर्नेबेलासम्म यसको लागत थप बढ्ने अनुमान गरिएको छ ।

यो सुरुङमार्ग बनेमा यसक्षेत्रका लाखौं मानिस लाभाविन्वत हुने प्रष्ट छ । पाल्पा, गुल्मी, स्याङ्ग्जा, पर्वत, बागलुङ लगायतका लुम्बनी र गण्डकी प्रदेशका धेरै पहाडी जल्लाका लागि तराई प्रवेशको एकमात्र सहज सडक विकल्प सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अत्यन्त जोखिमपूर्ण छ । भारत सरकारको सहयोगमा झण्डै आधा शताब्द्यी अघि निर्माणकार्य पूरा भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड (बुटवलको चिडिया खोलादेखि दोभानसम्म) सात किलोमिटर अत्यन्त जोखिमयुक्त छ ।

हरेक वर्षातमा ठाडो पहाडबाट खस्ने ठूल्ठूला ढुंगा र पहिरो एवं हिउँदमा समेत खस्ने सख्खा पहिरोले यस सडकखण्डमा वर्षेनी कैयौं व्यक्तिको ज्यान गैसकेको छ । कैयौं घाइते भएका छन् । यसक्षेत्रका राजनीतिक दलका नेताहरु, सांसदहरु र लुम्बिनी प्रदेशका मन्त्रीहरुका लागि सिद्धबाबा सुरुङ मार्ग भाषण गर्ने विषय बन्दै आएको थियो ।

अहिले पनि यो सडकखण्ड निकै जिर्ण बनेको छ । बुटवलदेखि पाल्पाको झुम्सासम्म पुग्नका लागि एकघण्टा भन्दा बढी समय लाग्ने गरेको छ । एशियाली विकास बैंकको सहयोगमा सिद्धार्थ राजमार्गको स्तरोन्नतीको काम सुरु भएको छ । यसैगरी सडक विभागले बर्तुङ–तमघास खण्डको समेत स्तरोन्नती गरिरहेको छ ।

समयमै सुरुङमार्ग बन्ने र राजमार्गको समेत स्तरोन्नती भएमा बुटवलबाट पोखरा, बुटवलबाट गुल्मी र बागलुङ एवं बुटवल–रिडी/बुटवल–राम्दीहुँदै कालिगाण्डकी कोरिडोरको यात्रासमेत सहज बन्ने विश्वास गर्नसकिन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ११ : ४७ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९