१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

डिजिटल बैंकिङ्गको दुनियाँमा एन आई सी एशिया, भाईटिकामा मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा रू.१०० थप प्रदान गर्ने



काठमाडौ । एन आई सी एशिया बैंकले भाईटिकामा मोबाइल बैंकिङ्गबाट दिदीबहिनीलाई दक्षिणा दिँदा बैंकको तर्फबाट रू.१०० रकम थप प्रदान गर्ने भएको छ ।

डिजिटल फस्ट बैंक बन्ने अभियानमा रहेको यस बैंकले भाइटिकामा आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग (MoBank) मार्फत प्रदान गरेमा दक्षिणा रकममा थप रू.१०० बैंकले आफ्नो तर्फबाट प्रदान गर्ने भएको हो ।

यस बैंकमा आबद्ध ग्राहकहरूलाई भाईटिकाको दिनको लागि यो योजना लागू गरिएको बैंकले जनाएको छ साथै छ यो योजनामा योजनामा सहभागी हुन न्यूनतम रू. ५०० स्थानान्तरण गर्नुपर्नेछ ।

यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ३०० सम्म दक्षिणा प्राप्त गर्न सक्नुहुनेछ । उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहककोे बैंक खातामा जम्मा गर्नेछ ।

यस योजनाअन्तर्गत MoBank एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले MoBank एपमा रहेको Digital Dakshina मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा Remarks मा BHAITIKA जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

भाईटिकाको दिन दिदीबहिनीहरूको हातबाट टिका ग्रहण गरेपछि दाजुभाईले सगुनस्वरूप दक्षिणा दिने प्रचलन रहिआएकोमा डिजिटल माध्यमको प्रयोग गरी दक्षिणा स्थानान्तरण गर्दा डिजिटल बैंकिङ्ग प्रवद्धनमा समेत सघाउ पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै बैंकले ल्याएको आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले १ कात्र्तिक देखि ५ मंसीर २०७७ सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन् ।

डिजिटल फष्ट बैंक बन्ने आफ्नो दीर्घकालिन रणनीतिअनुरुप बैंकले आफ्ना डिजिटल सेवा तथा सुविधाहरू बढी भन्दा बढी ग्राहक महानुभावहरू समक्ष पु¥याउन विभिन्न प्रवद्र्धनात्मक योजनाहरू सञ्चालन गरिरहेको छ ।

जस अनुरुप ग्राहकहरूले MoBank बाट भुक्तानी गर्दा Happy Hour योजनाबाट रू. ४००, Super Six Campaign योजनाबाट रू. ५००, तथा अनलाइनबाट खाता खोली पहिलोपटक MoBank मार्फत कारोबार गर्दा रू. ५०० गरी मासिक रुपमा रू. १,४०० सम्मको नगदफिर्ताको योजना समेत बैंकले सञ्चालन गरिरहेको छ ।

साथै बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

बैंकले अझ बढी यस्ता योजनाहरू थप गर्दै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा आकर्षित गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई Cashless Economy बनाउन सहयोग पु¥याउने विश्वास लिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १२ : ४० बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै