५ चैत्र २०८२, बिहिबार | March 19, 2026

लक्ष्मीपूजाको दिन थपिए १९४६ नयाँ संक्रमित, २५०३ जनाले तिहार मनाउन पाउने



काठमाडौं । तिहारको विशषे दिन लक्ष्मी पूजा । तर, यो विशेष दिनमा पनि कोरोना भाइरसका सयौं संक्रमित थपिएका छन् ।

शनिबार १ हजार ९४६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार ३६ हजार ४५२ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । यी मध्ये अधिकांशको तिहार आइसोलेसनमै वित्ने भएको छ ।

मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार शनिबार थपिएका सहित हालसम्म नेपालमा २ लाख ८ हजार २९९ जनामा संक्रमण भएको छ ।

शनिबार २ हजार ५०३ जना संक्रमित संक्रमण मुक्त हुन सफल भएका छन् । यससँगै हालसम्म देशभर १ लाख ७० हजार ६३२ जना संक्रमित निको भैसकेका छन् ।

पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म १ हजार २१५ जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ४ : २२ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको