४ पुस २०८२, शुक्रबार | December 20, 2025

बर्दिया गेरुवाका ३५ वर्षीय पुरुषको बाँकेमा मृत्यु, मृत्यु भएको ३ घण्टापछि कोरोना संक्रमण पुष्टि



नेपालगन्ज । शुक्रबार एक दिन कोरोना संक्रमितको मृत्युको खबर नआएपनि बाँकेमा शनिबार भने जिल्ला बाहिरबाट उपचार गर्न आएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दिया गेरुवा गाँउपालिका १ का ३५ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरको आकस्मिक कक्षमा भर्ना भएकोमा थप उपचारका लागि मेडिकल कलेजकै शिक्षण अस्पताल नेपालगन्ज पु¥याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । मृतकको मृत्यु भएको ३ घण्टा पछि कोरोना संक्रमण पोजिटिभ भएको रिपोर्ट आएको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार स्वास्थ्यमा समस्या आएपछि आज बिहान मेडिकल कलेज कोहलपुरमा पुगेको र उनको स्वास्थ्य गम्भीर अवस्थामा रहेको भन्दै अस्पतालले शिक्षण अस्पताल नेपालगन्ज रेफर गरेको थियो । नेपालगन्ज लैजानेक्रममा उनको मध्यान्ह १२ः१५ बजे मृत्यु भएको थियो । कोरोना संक्रमणको लक्षण देखिएपछि आजै बिहान स्वाव संकलन गरिएकोमा उनको दिउँसो ३ बजे आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको सीसीएमसी बाँकेले जनाएको छ ।

ती ३५ वर्षीय पुरुषको गम्भीर खालको कोरोना भाइरसकै कारण मृत्यु भएको केन्द्रले प्रकाशित गरेको प्रेस नोटमा उल्लेख छ । आज मृत्यु भएसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचारका क्रममा आएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ४ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको