२ चैत्र २०८२, सोमबार | March 16, 2026

बर्दिया गेरुवाका ३५ वर्षीय पुरुषको बाँकेमा मृत्यु, मृत्यु भएको ३ घण्टापछि कोरोना संक्रमण पुष्टि



नेपालगन्ज । शुक्रबार एक दिन कोरोना संक्रमितको मृत्युको खबर नआएपनि बाँकेमा शनिबार भने जिल्ला बाहिरबाट उपचार गर्न आएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दिया गेरुवा गाँउपालिका १ का ३५ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरको आकस्मिक कक्षमा भर्ना भएकोमा थप उपचारका लागि मेडिकल कलेजकै शिक्षण अस्पताल नेपालगन्ज पु¥याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । मृतकको मृत्यु भएको ३ घण्टा पछि कोरोना संक्रमण पोजिटिभ भएको रिपोर्ट आएको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार स्वास्थ्यमा समस्या आएपछि आज बिहान मेडिकल कलेज कोहलपुरमा पुगेको र उनको स्वास्थ्य गम्भीर अवस्थामा रहेको भन्दै अस्पतालले शिक्षण अस्पताल नेपालगन्ज रेफर गरेको थियो । नेपालगन्ज लैजानेक्रममा उनको मध्यान्ह १२ः१५ बजे मृत्यु भएको थियो । कोरोना संक्रमणको लक्षण देखिएपछि आजै बिहान स्वाव संकलन गरिएकोमा उनको दिउँसो ३ बजे आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको सीसीएमसी बाँकेले जनाएको छ ।

ती ३५ वर्षीय पुरुषको गम्भीर खालको कोरोना भाइरसकै कारण मृत्यु भएको केन्द्रले प्रकाशित गरेको प्रेस नोटमा उल्लेख छ । आज मृत्यु भएसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचारका क्रममा आएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ४ : २९ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५