१३ श्रावण २०८३, बुधबार | July 29, 2026

कोभिड-१९ को प्रभाव : नेपाल सम्बत ११४१को बिशेष कार्यक्रम शुभकामना आदानप्रदानमा सिमित



बुटवल । कोभिड १९ को विषम परिस्थतीलाई मध्यनजर गर्दै यस वर्ष नेवार समुदायहरुले नेपाल सम्वतको शुभारम्भलाई शुभकामना आदानप्रदानमा सिमित बनाएका छन् ।

नेपालको एकमात्र मौलीक सम्वत नया वर्ष नेपाल सम्वत ११४१ लाई बुटवलका विभिन्न गुठिहरु जुटेर शुभकामना आदानप्रदान गरि मनाईएका हुन ।

बुटवलमा क्रियाशिल नेवाः गुठीहरुले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले ट्राफिक चोकमा रहेको राष्ट्रिय विभुति शंखधर साख्वाको मुर्तिमा माल्यापर्ण गरेर उदघाटन गरेका थिए ।

सो अवसरमा बोल्दै सुवेदीले शंखधर साँख्वा नेवार समुदायको मात्र नभई सम्पुर्ण नेपालीको विभुति भएको बताए ।

नेवा पुच नेवा विकास समितिका अध्यक्ष काजिमान श्रेष्ठले कोभिड १९ का कारण स्व बचावलाई मध्येनजर गरि सामान्य रुपमा कार्यक्रम गरिएको बताए । रोग डरलाग्दो भन्दा पनि यसको ब्यवस्थापन गारो विषय भएकोले सार्वजानिक कार्यक्रम रोक्नु परेको उनले बताए ।

नेवा समाज अर्घाखाची रुपन्देहीका अध्यक्ष बाबुराम श्रेष्ठ, नेवा सेवा समितिका सल्लाहकार रामेश्वर श्रेष्ठ, तामनगर नेवा पुचका अध्यक्ष दिपक श्रेष्ठ, भिमसेन नेवा समाजका अध्यक्ष लिला प्रसाद श्रेष्ठ, नेवा सेवा समिति कालिकानगरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, कार्यक्रम संयोजक रबिन्द्र कक्षपतिले शंखधरसाख्वालाई नेवार समूदायकामात्र नबनाई सबैको साझा बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा तिलोत्तमा मैजु खलका संयोजनमा कुमारी तयार गरिएको थियो ।

नेवा समूदायले अघिल्ला वर्षहरुमा नेपाल सम्बतलाई मोटरसाईल ¥याली लगायत बिबिध सावैजानिक कार्यक्रम गरि मनाउने गर्दथे ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १२ : ५९ बजे

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा