४ पुस २०८२, शुक्रबार | December 20, 2025

आज १६ औं राष्ट्रिय कफी दिवस : आजदेखि न्यूनतम मूल्य तोकियो



काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज (मंसिर १) बाट लागु हुने गरी कफीको न्यूनतम मूल्य कायम गरेको छ ।

कृषकले उत्पादन गर्दा लाग्‍ने लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको हो ।

प्रत्येक वर्ष राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट आज (मंसिर १ गते) राष्ट्रिय कफी दिवसका दिन सार्वजनिक गरिँदै आएकामा ‘राष्ट्रिय कफी दिवस’ को १६ औँ संस्करण आज भए पनि कोरोना महामारीका कारण नेपाली जनजीवन सामान्य रूपमा अझै पनि फर्किनसकेकाले बोर्डले यस वर्ष कफी दिवसको मूल समारोह आयोजनामा नगर्ने भएको छ ।

यद्यपि कफी कृषक, सहकारी, उद्योग कफी क्याफे, कफी पारखी र कफीसँग सरोकार राख्‍ने सबै सरोकारवालाहरूलाई १६औँ राष्ट्रिय कफी दिवस यथास्थानमा मनाउन बोर्ड विज्ञप्तिमार्फत अपिल गरेको छ । बोर्डका अनुसार यस वर्षको राष्ट्रिय कफी दिवसको नारा ‘कफी विस्तारमा उन्‍नति, आर्थिक प्रगति’ राखिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ६ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको