२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बागलुङमा १६ जना जुवाडे पक्राउ



बलेवा । बागलुङका विभिन्न स्थानबाट १६ जना जुवाडेलाई प्रहरीले नियन्त्रण लिएको छ ।

आइतबार राति बागलुङ नगरपालिका ६, भान्सा र सोही वडाको ठूलढुङ्गा मा जुवा खेलिरहेको अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन् ।

ठूलढुङ्‌गाका तिलकबहादुर थापाको घरबाट ६७ हजार सात सय नगदसहित आठजना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका दिलबहादुर थापा, झकबहादुर थापा, यमबहादुर थापा, धनबहादुर थापा, तिलक थापा, दलबहादुर थापा, तीर्थबहादुर थापा र दिलबहादुर छन्त्याल छन् ।

यसैगरी बागलुङ नगरपालिका ६, भान्साका शिव केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेको बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । उनका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका राजन सापकोटा, कुलबहादुर केसी, मानबहादुर केसी, रामकृष्ण सापकोटा, दीपक सापकोटा, ईश्वर केसी, सागर केसी र दीपेश सापकोटा छन् ।

उनीहरुको साथबाट ८५ हजार ६८० नगदसहित केही थान ताससमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक रेग्मीले बताए । पक्राउ परेका सबैलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको पनि उनले बताए । रासस

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ६ : ३६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष